तेजाब हान्नेलाई ८ बर्ष कैद र ३ लाखसम्म जरिवाना

112
  •  
  •  
  •  

काठमाडौं २० चैत ।
तेजाव हान्ने व्यक्तिलाई आठबर्ष कैद र तीनलाखसम्म जरिवानाको व्यवस्थासहित लैङ्गिक समानता कायम गर्न तथा लैंगिक हिँसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रस्ताव दर्ता गरिएको छ।

लैंगिक रुपमा रहेको विभेद र लैंगिक हिँसालाई संरक्षण गर्ने प्रकृतिका कानुनी व्यवस्थामा सुधार गरी लैंगिक समानता काम गर्न सरकारले यो विधेयक संसदमा ल्याएको हो।

व्यवस्थापिका संसद्को विधायन समिति अन्तरगत गठित उपसमितिले आठबर्ष कैद र तीनलाखसम्म जरिवानाको व्यवस्थासहितको प्रतिवेदन समितिमा बुझाएको थियो ।

समितिले उक्त प्रतिवेदनलाई पारित गरेको छ । व्यवस्थापिका संसदको अब बस्ने अधिवेशनमा यो विधेयक पेश गरिने समितिका सचिव एवम् संसद सचिवालयका सह–सचिव भरत गौतमले जानकारी दिए ।

‘तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्किई वा सो पदार्थले पोली, डामी, दली, घसी, जीउमा पीडा गराएमा वा अनुहार वा शरिरको कुनै अंग कुरुप पारेमा कसुरको प्रकृति हेरी अनुहारमा कुरुप पारेमा पाँचबर्ष देखि आठबर्षसम्म कैद र एकलाख देखि तीनलाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अंग कुरुप पारेमा वा जीउमा पीडा गराएमा तीनबर्षदेखि आठबर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एकलाख पचासहजार रुपैयाँसम्म जरिवाना गर्नुपर्छ। यसरी जरिवाना वापत प्राप्त पुरै रकम पीडितलाई दिइनेछ,’ संशोधित प्रतिवेदनमा उल्लेख छ।

त्यसैगरी ‘अंगभंगको खतमध्ये दृष्टिविहीन बनाएको, महिलाको स्तन काटेको वा महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहिन बनाएको खतमा जुनसुकै एक खत गरेपनि सो गर्नेलाई तीन लाख रुपैयाँ जरिवाना गरी आठबर्ष कैद गर्नुपर्छ । ती खतहरु बाहेक अंगभंगको अरु खतमध्ये जुनसुकै एक खत गरेपनि सो गर्नेलाई दुईलाख रुपैयाँ जरिवाना गरी आठबर्ष कैद गर्नुपर्छ ।

एउटै किसिमको काम लिने एउटाभन्दा बढी अंग हुनेमा सो मध्ये एउटा अंगमात्र बेकम्मा पारीदिएको भए माथि लेखिएको सजायको आधा सजाय गर्नुपर्छ । सो खत निको भई काम लाग्ने भएमा भने एकलाख रुपैयाँ जरिवाना र दुईबर्ष कैद गर्नुपर्छ । यसरी जरिवाना वापत प्राप्त पुरै रकम पीडितलाई खर्च बापत दिइनेछ,’ उपसमितिको प्रतिवेदनमा भनिएको छ । समितिमा एमाले सांसद रेवतीरमण भण्डारीको नेतृत्वमा उपसमिति बनाएको थियो ।

विभिन्न ३२ वटा ऐनहरुमा महिलासँग जोडिएर आएका विषय यो विधेयकमा समावेश गरिएको समिति सचिव गौतमले जानकारी दिए । नागरिकबाट


  •  
  •  
  •