एसिडजन्य अपराधबिरुद्ध कडा कानून ल्याउने मन्त्री गुरुङको प्रतिबद्धता

236
  •  
  •  
  •  

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले एसिडजन्य अपराधबिरुद्ध कडा कानून ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहीबार पवित्रा कार्कीमाथि भएको एसिड आक्रमण निन्दनीय भन्दै त्यस्तो अपराधमा संलग्न अपराधीलाई कारबाहीका लागि कडा कानून निर्माण गर्ने बताएका हुन्।

आइतबार सामाजिक सञ्जालमार्फत् मन्त्री गुरुङले एसिड बिक्री–बितरण तथा ओसारपसारमा समेत कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फितलो कानूनी व्यवस्था र बजारमा एसिडको खुला बिक्रीवितरण भएका कारण पनि एसिड आक्रमणका घटना बढिरहेको भन्ने आवाज उठिरहेका बेला मन्त्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन्।

एसिड आक्रमण जस्ता निर्मम घट्ना बढ्न थालेपछि यसबिरुद्ध कडा कानून आउनुपर्ने भनी सामाजिक अभियन्ता लगायत बिभिन्न पक्षबाट आवाज उठ्न थालेको छ।

हेर्नुहोस्


  •  
  •  
  •