नेपाल समूह चरणबाटै बाहिरियो

433
  •  
  •  
  •  

काठमाडाैं, १६ असाेज (अाेएनएस) : नेपाल बंगलादेशमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबार अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो ।

अङ्क तालिकामा नेपाल र युएईले खाता खोल्न सकेका छैनन् । भारत र अफगानिस्तान दुई–दुई खेल जित्दै समान चार÷चार अङ्क जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि असोज १३ गते भएको पहिलो खेलमा नेपाल भारतसँग १७१ रनले पराजित भएको हो । नेपालले मंगलबार युएईसँग खेल्नेछ ।


  •  
  •  
  •