२५ पुस (एजेन्सी) : एसियाको सबैभन्दा ठुलो फुटबल प्रतियोगिता एएफसी एसिया कपमा अष्ट्रेलियाले सानदार सुरुआत गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा घरेलु टिम अष्ट्रेलियाले मेलवर्न रंगशालामा कुवेतमाथि ४–१ को जित निकाल्यो ।
खेलमा अग्रता भने कुवेतले लियो । खेल सुरु भएको ८ औं मिनेटमा हुसेन फादेलले गोल गर्दै कुवेतलाई अग्रता दिलाए । तर ३३ औं मिनेटमा टिम चाहिलले गोल फर्काउँदै घरेलु दर्शकलाई खुसि दिए । पहिलो हाफ सकिन एक मिनेट बाँकी छदा लोउडोले गोल गर्दै अष्ट्रेलियालाई पहिलो हाफ अघि २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा अष्ट्रेलिया कुवेतमाथि हाबी देखियो । ६२ औं जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै अष्ट्रेलियालाई ३–१ को अग्रता दिलाए । इन्जुरी समयमा टोइसीले अर्काे गोल थपेपछि अष्ट्रेलियाले ४–१ को जित दर्ता गरायो । यो समूह एमा कोरिया र ओमान पनि छन् । प्रतियोगितामा एसियाका १६ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।