एसिया कपः भारतको सानदार जित, पाकिस्तान २२८ रनले पराजित

110
  •  
  •  
  •  

काठमाडौं । एसिया कप क्रिकेटमा भारतले पाकिस्तानविरुद्ध सानदार जित हासिल गरेको छ । सोमबार राति सम्पन्न खेलमा भारतले पाकिस्तानलाई २२८ रनले पराजित गरेको छ ।

वर्षाका कारण आइतबार रोकिएको खेलमा भारतले दिएको ३५७ रन पछ्याउने क्रममा पाकिस्तानी ब्याटरहरू एकपछि अर्को गरी पेभेलियन फर्किन बाध्य भए । भारतीय बलरहरू सामु पाकिस्तानी ब्याटर जम्न सकेनन् ।

पाकिस्तानका लागि ओपनर फखर जमानको २७ रन नै सर्वाधिक स्कोर रह्यो । त्यस्तै आघा सलमान र इफ्तिखर अहमदले २३/२३ रन बनाए । कप्तान बाबर आजम भने १० रनमै आउट भए । पाकिस्तानले ३२ ओभरमा १२८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका नसिम साह र हरिस राउफले चोटका कारण ब्याटिङ गरेनन् ।

१७ रन बनाउँदा पहिलो विकेट गुमाएको पाकिस्तानले ४३ रनमा दोस्रो र ४७ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो । ११० रनमा ६ विकेट गुमाएको उसले बाँकी १८ रन बनाउँदा थप २ विकेट गुमाउन पुग्यो । आइतबार वर्षाले खेल रोकिएपछि सरेको खेल सोमबार पनि १ घण्टाभन्दा बढी रोकिएको थियो ।

भारतका लागि कुलदीप यादवले उत्कृष्ट बलिङ गरे । ८ ओभरमा उनले २५ रन मात्र खर्चिएर ५ विकेट लिए । त्यस्तै जसप्रित बुमराह, हार्दिक पाण्ड्या र शार्दुल ठाकुरले १/१ विकेट लिए ।


  •  
  •  
  •