एसिया कपका लागि नेपाली टोली श्रीलंका प्रस्थान

282
  •  
  •  
  •  

काठमाडौं । सेम्टेम्बर ५ तारिखबाट श्रीलंकामा हुने एसिया कप खेल्न नेपाली यू–१९ क्रिकेट टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतियोगितामा टेस्ट राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।

समूह ‘बी’मा रहेको नेपालले समूह चरणमा बलिया टेस्ट राष्ट्रहरु आयोजक श्रीलंका र बंगलादेशसँगै यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

यसअघि पनि यू–१९ स्तरमा भारत, बंगलादेश, न्युजिल्यान्ड, दक्षिण अफ्रिकाजस्ता टेस्ट राष्ट्रहरुलाई पराजित गर्दै ‘सरप्राइज’ बन्दै आएको नेपाली टोलीले यसपटक पनि बलिया टोलीलाई ’सप्राइज’ दिने प्रशिक्षक विनोद दासले बताए ।

नेपाली टिमले त्यहाँका क्लबहरुसँग मैत्रीपूर्ण क्रिकेट खेल्ने योजना पनि बनाएको छ । त्यहाँका सिंहहल्स स्पोर्टस जस्ता क्लबसँग खेल्ने छ ।
नेपाली टिममा अनुभवी खेलाडीहरु सन्दीप जोरा, आसिफ सेख र सूर्य तामाङले पुनरामगन गरेका छन् ।


  •  
  •  
  •