एसिया प्यासिफिक क्षेत्रीय बैठक म्यानमारमा

104
  •  
  •  
  •  

म्यानमार । गैरआवासीय नेपाली संघ एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको यान्गोनमा आयोजना गरिएको छ ।
नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीहरुको भूमिका विषयमा केन्द्रित रहेको बैठक जुलाई ६ र ७ गरी दुई दिनसम्म सञ्चालन भएको थियो ।

बैठकमा एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषदको प्रतिवेदनको प्रस्तुति र महिला तथा युवासंग सम्बन्धित कार्यक्रम सम्पन्न भएका छन् । बैठकको सुरुवात शनिबार केन्द्रीय अध्यक्ष भवन भट्टको सम्वोधनबाट भएकोथियो भनेसभापतित्व क्षेत्रीय संयोजक किरणविक्रम थापाले गरेका थिए ।
बैठकमा नेपाल सरकारका पूर्वपरराष्ट्रमन्त्री डा.प्रकाशशरणमहत, संघीय संसदका सदस्य डा.सूर्यपाठक, म्यानमारका लागि नेपाली राजदुत तथा संघका संस्थापक महासचिव भीमउदास, संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा.उपेन्द्र महतो, उपाध्यक्ष कुमारपन्त र कुलआचार्य, महासचिवडा.बद्रीकेसी,सचिवडिवि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा,सल्लाहकार डा.हेमराज शर्मालगायत अन्य पदाधिकारी एवं सदस्य र अभियन्ताहरुको सहभागिता रहेको थियो ।

बैठकमा प्रवास मारहेका नेपाली समुदायको क्रियाकलाप नेपाली समुदायले भोग्ने गरेका समस्या र नेपालको कला संस्कृति तथा भाषा प्रवर्धनका कामहरुबारेमा सहभागीहरुले छलफल गरेका थिए । सयौं वर्षको इतिहास बोकेको म्यानमारको नेपाली समुदायले नेपालीहरुको संस्कृति बचाएर राख्न सकेको कुराको सबैले प्रशंसा गरेका थिए । खास गरी थाइल्याण्ड र म्यानमारमा धेरै पहिलेदेखि नेपालीहरुको बसोवास रहेकाले अन्यमुलुकका नेपालीको भन्दाफरक मुद्दाहरुसमेत भएकाले ति विषयमा संघ र सरकारकोसमेत फरक चासो हुनुपर्ने धारणा बैठकमा उठेको थियो ।

महिला सत्रमा गैरआवासीय नेपाली अभियानमा महिला तथा युवाहरुको भूमिका अग्रणी हुनुपर्ने नेपाली आमाबाट जन्मेका सबैले नेपाली नागरिकताको अधिकार पाउनुपर्ने आवाजउठाइएको थियो ।

त्यसैगरी युवासत्रमा दोस्रो तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली अभियानमा सक्रिय गराउनुपर्ने धारणा व्यक्त गरिएको थियो ।

क्षेत्रीय बैठकमा एसिया क्षेत्रका जापान, चीन, मकाउ, मलेसिया,थाइल्याण्ड, हङकङ,दक्षिण कोरिया र आयोजक राष्ट्रम्यानमारको सहभागिता रहेको थियो ।


  •  
  •  
  •