एसिया प्यासेफिक सम्मेलन : प्रधानमन्त्री ओलीसहित उच्च पदस्थ ब्यक्तिहरुले आर्शिवाद लिँदै

591
  •  
  •  
  •  

काठमाडौं, १६ मंसिर(ओएनएस) । काठमाडौंमा जारी एसिया प्यासेफिक सम्मेलनमा आइतबार प्रधानमन्त्री केपी ओलीसहित १५ सय उच्च पदस्थ ब्यक्तिहरुले युनिफिकेसन चर्चकी प्रमुखवाट आर्शिवाद लिँदैछन् ।

होटल हायातमा हुने कार्यक्रममा प्रधानमन्त्री ओलीसहित मन्त्री, नगरप्रमुख, नेता र शिक्षकहरुलाई चर्चकी प्रमुख हक जा हनले आर्शिवाद दिने कार्यक्रम छ । हानले आफूले आफैलाई जिसस क्राइस्टकी छोरी भन्ने गरेकी छिन् ।

आइतबार नै शान्ति सम्बन्धी छलफलमा प्रमुख अतिथिको रुपमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सहभागिता जनाउँदैछन् ।

सोही कार्यक्रममा यसमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्ने कार्यक्रम छ । नेपालका लागि भारतका पूर्व राजदूत केभी राजनले काठमाडौँ घोषणापत्र सार्वजनिक गरेसँगै सम्मेलन आइतबार नै सकिने कार्यक्रम छ ।

शनिबार प्रधानमन्त्री केपी ओलीले सम्मेलनको उद्घाटन गरेका थिए । विवादास्पद एनजिओको कार्यक्रममा सरकार सहभागी भएको भन्दै सर्वत्र आलोचना हुँदै आएको छ ।


  •  
  •  
  •