अष्टलक्ष्मी सरकारमा जान नमानेपछि शान्ता बनिन् मन्त्री

1394
  •  
  •  
  •  

ashata laxmi shakyaकाठमाडौँ, १९ कात्तिक(ओएनएस) : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारमा जान अस्विकार गरेकी छिन् । उपाध्यक्ष शाक्य सरकारमा जान नमानेपछि उनको स्थानमा शान्ता मानवीलाई सरकारमा पठाउने एमालेले निर्णय गरेको छ ।

अष्टलक्ष्मी शाक्यलाई श्रम तथा रोजगार मन्त्रालय दिएर सरकारमा पठाउने एमाले शीर्ष नेतृत्वले निर्णय गरेको थियो । अब उक्त मन्त्रालयको जिम्मेवारी शान्ताले गर्ने भएकी छिन् । शान्ता मानवीले पनि आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको एमालेे स्रोतले जनाएको छ ।

पार्टीको वरियतामा भीम रावलभन्दा अगाडि भएको र मन्त्रालय पनि आफूले भनेजस्तो नभएको कारण देखाउँदै सरकार जान अस्विकार गरेको एमाले स्रोतले जनाएको छ ।


  •  
  •  
  •