आसारामविरूद्ध सरकारी साक्षी बनेका एक सेवकको हत्या

470
  •  
  •  
  •  

akhil gupta servent of aasaramकाठमाडौ, २८ पुस(एजेन्सी) : यौन शोषणको घटनामा जेलमा रहेका आशारामविरूद्ध सरकारी साक्षी बनेका आशारामका सेवकको आइतबार राती गोली हानी हत्या गरिएको छ । मारिएका व्यक्ति अखील गुप्ता भएको भारतीय सञ्चारमाध्मयहरूले जनाएका छन् ।

आसाराम र उनका छोरा नारायण साईको सेवकका रूपमा अखिलले काम गरेको बताइएको छ । यसभन्दा अगाडि पनि आसारामको विषयमा एक अर्का साक्षी अमृत प्रजापतिको गत वर्ष राजकोटमा हत्या गरिएको थियो ।

मृतकका परिवारहरूका अनुसार अखिल पछिल्लो केही समयदेखी मुजफ्फरनगरमा बस्दै आएका थिए । जुन समयमा उनलाई गोली हानीएको थियो, उक्त समयमा उनी आफ्नो घर गइरहेका थिए । हमलाकारीले अखिललाई तीन गोली प्रहार गरेका थिए । अखिललाई अस्पताल लगिएपनि उनको मृत्यु भइसकेको घोषणा चिकित्सकले गरेका थिए । हत्यापछि उनका आफन्तहरूले प्रहरी चौकी तथा अस्पतालमा निकै तनाव सिर्जना गरेका थिए ।

अखिल गुप्ता आशारामको अनुयायी थिए । उनी आसारामको अहमदावादस्थित आश्रममा ६ वर्षसम्म बसेका थिए । अखिल गुप्ता आसाराम र नारायन साईको निकै नजिक थिए । आश्रममा उनले भान्साको काम गर्ने गर्थे । यसै क्रममा आश्रममा काम गर्ने एक युवतीसँग विवाह पनि गरेका थीए । आसारामविरूद्ध मुद्धा दर्ता भएपछि उनले आश्रम छाडेका थिए र मुजफ्फनगर आएर डेरा लिएर बसेका थिए । अखिल दुई सन्तानका पिता थिए ।


  •  
  •  
  •