असारे १५ यसरी मनाइयो, हेर्नुहोस् फोटोफिचर

1755
  •  
  •  
  •  

काठमाडौं, १५ असार (ओएनएस) :  मंगलबार असार १५ अर्थात् धान दिवस । देशभरका किसानहरुले आफ्ने खेतमा रोपाइ गरे । यस्तै असार १५ मा दहि चिउरा खाने पनि प्रचलन छ ।

१२ औं राष्ट्रिय धान दिवस आज देशभरमा दिवसको अवसरमा राष्ट्रिय धान दिवस तथा रोपाई कार्यक्रम २०७२ मूल समारोह समितिको आयोजनामा कागेश्वरी मनहरा १० काठमाडौंमा बिहान बिशेष कार्यक्रम गरियो । बिहान साढे ११ बजे हुने कार्यक्रममा सरकारी अधिकारी, गैरसरकारी निकायका प्रतिनिधि र किसानहरुको उपस्थिति  थियो।

राजधानी बाहिर पनि सरकारी तथा गैरसरकारी निकायले धान दिवसको अवसरमा बिभिन्न कार्यक्रम भए । यसवर्षको धान दिवसको नारा धान खेतीमा यान्त्रिकीकरण, उत्पादन लागतमा न्यूनीकरण तय गरिएको छ । नेपालले विसं २०६२ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ ।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । धानबालीका लागि योग्य कूल करिब १४ लाख २५ हजार हेक्टर जग्गामध्ये असार १४ सम्म ८ प्रतिशतमात्र रोपाइँ भएको कृषि मन्त्रालयका सहप्रवक्ता शङ्करप्रसाद सापकोटाले जानकारी दिए । धान नेपालको प्रमुख खाद्यान्न बाली हो । नेपालमा चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ । यस वर्ष नेपालले भारतसँग करिब १४ अर्बको चामल किनेको छ ।


dhan diwas (2)
dhan diwas (3) dhan diwas (4) dhan diwas (5) dhan diwas (6) dhan diwas (7) dhan diwas (8) dhan diwas (9) dhan diwas (10) dhan diwas (11)


  •  
  •  
  •