मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने

88
  •  
  •  
  •  


काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भएकी छन् ।
बिहीबार अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिम विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

प्रस्ताव प्रस्तु भएलगत्तै यही कात्तिक ४ गते अर्थात बिहीबार बैठक बस्ने गरी स्थगित भएको थियो। बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन्।

मुख्यमन्त्री शाक्यले बिहीबार विश्वासको मत लिने भनिएपनि एमाले प्रदेश संसदीय दलले बैठकको मिति सार्न माग गरेको छ। पार्टीको महाधिवेशन र त्यसअघिका वडा, पालिकालगायतका अधिवेशनलाई कारण देखाउँदै एमाले प्रदेश संसदीय दलले भोलिको बैठक सार्न माग गरेको हो।


  •  
  •  
  •