केजरीवालको एक छाक खानाको ५ हजार डलर

339
  •  
  •  
  •  

arvind-kejriwalकाठमाडौ, १९ मंसिर(ओएनएस) : आम आदमी पार्टी (आप)ले अरविन्द केजरीवालको विदेश यात्रालाई फण्डिङ अभियान नभएको बताएको छ, तर न्युयोर्कमा केजरीवाल फण्डका लागि नै खाना खाँदै छन् । उनले खाने हरेक प्लेटको खानाको मूल्य ५ हजार डलर राखिएको छ ।

पार्टीको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्मयहरूले अरविन्द केजरीवालका साथीहरूले एक डिनर पार्टी राखेका छन् । यसमा करीव साठी मानिसलाई बोलाइएको छ । यसबाट पाइने उक्त रकम सिधै केजरीवालले भने पाउनेछैनन् । उक्त रकम अमेरिकाबाट सिधै पार्टीको फण्डमा अनलाईन जम्मा गरिनेछ । यसको पारदर्शितामा कुनै प्रश्न उठ्ने छैन् । पार्टीले उक्त डिनरबाट कम्तिमा १.८० करोड भारतीय रूपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।

केजरीवाल बिहिबारदेखी पाँच दिने विदेश भ्रमणमा छन् । उनी सबैभन्दा पहिले दुबई पुगेका छन् । त्यहाँ उनले वर्ल्ड ब्राण्ड समिटमा भाग लिने छन् । यसमा युवाहरूमा परिवर्तन ल्याउन भूमिका खेलेका महत्वपूर्ण व्यक्तिका रूपमा उनलाई सम्मान गरिने छ ।

शनिबार उनी न्युयोर्क पुग्नेछन् । त्यहाँ उनले आफ्नो आईआईटीका साथीहरू र आपका समर्थकहरूसँग भेट्ने छन् । केजरीवाल न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा स्कुल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर विभागका छात्राहरूसँग बातचित पनि गर्नेछन् ।

दिल्ली निर्वाचनका लागि आम आदमी पार्टीले तीस करोड रूपैयाँ जम्मा गर्ने लक्ष्य लिएको छ । यसका लागि पार्टीले बुधबार अमेरिका, अष्ट्रेलिया, हङकङ, सिंगापुर र बेलायतसहित कयौ देशमा गिभिङ्ग ट्यस-डे अभियान सुरू गरेको छ । यसै अभियानका बारेमा विदेशमा रहेका करिब ४ लाख भारतीयहरुलाई इमेल पनि पठाइएको छ । यसका साथै पार्टीले दुई लाख नियमित दानकर्ताहरूलाई इमेल पठाएर प्रत्येकबाट १५ सय भारतीय रूपैयाँ चन्दा दिन अपिल गरेको छ ।


  •  
  •  
  •