प्रधानमन्त्री कोइरालालाई भातृशोक

222
  •  
  •  
  •  

dr-arun-koirala-395x237काठमाडौं, २ मंसिर (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालालाई भातृशोक परेको छ । दुई महिनदेखि विरामी परेका कोइरालका सहोदर भाई डा.अरुण कोइरालाको उपचारको क्रममा मगंलबार भारतमा निधन भएको हो । अरुण नेपाली काँंग्रेस बाँकेका सभापती थिए ।

निमोनियाबाट पिडित ७१ बर्षिया अरुणको दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको हो ।

६ दाजु–भाईमध्ये प्रधानमन्त्री साइला हु्न् भने अरुण काइला हुन् । अरुण पछिल्लो समय डाक्टरी पेशा छाड्दै राजनीतिमा लागेका थिए ।


  •  
  •  
  •