अरुण तेस्रोको पीडीए नगर्न माओवादीको माग

220
  •  
  •  
  •  

काठमाडौं, २० कात्तिक (ओएनएस) : मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले अरुण तेस्रोको पीडीए नगर्न माग गरेको छ ।माओवादी महासचिव रामबहादुर थापा बादलले विज्ञप्ति जारी सो माग गरेका हुन् ।

उनले राष्ट्रघाती प्रावधानहरु राखेर सम्झौता गर्न लागेको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ ‘यदि देश विकासको लागि जलस्रोत परियोजनाहरु संचालन गर्ने हो भने निर्यातमुखी होइन, आन्तरिक खपतमुखी परियोजनाहरु सञ्चालन गरियोस्’ ।
लगानी बोर्ड र भारतीय कम्पनी सतजलसँग बुधबार अरुण तेस्रोको पीडीएमा सहमति भएको थियो । सार्क सम्मेलनमा प्रधानमन्त्री शुसिलकोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पिडीए सम्झौता गर्ने भएको छ ।


  •  
  •  
  •