अरुण तेस्रोको पीडीए वार्ता शुरु

182
  •  
  •  
  •  

काठमाडौं, १८ कात्तिक (ओएनएस) : अरुण तेस्रो जलविद्युत् अयोजनाको आयोजना विकास सम्झौता(पीडीए)का लागि मङ्गलबार विहानबाट वार्ता शुरु भएको छ ।

सङ्खुवासभा जिल्लाको अरुण नदीमा बन्ने ९ सय मेगावाटको आयोजना निर्माणको प्रवद्र्वक भारत सरकारको स्वामित्वमा रहेको कम्पनी सतलज जलविद्युत् निगम र लगानी बोर्ड नेपालका अधिकारीहरु सहभागि रहेका छन् ।

आगामी मङ्सिर १० र ११ गते हुने सार्क शिखर सम्मेलनमा सहभागि हुने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको अवसर दुबै देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गर्ने गरी सतलज र बोर्ड बीचको पीडीए वार्ता टुङ्ग्याउने तयारी गरेको बोर्डका प्रवक्ता घनश्याम ओझाले बताए ।
माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको पीडीएलाई आधार मानेर नै गरिन लागेकोले अरुण तेस्रोको पनि पीडीएका लागि अधिकांश विषयहरुमा सहमति बनिसकेकोले बुधबारसम्ममा सबै विषयमा सहमति भइसक्ने उनले जानकारी दिए ।

यसअघि भएको सहमतिअनुसार आयोजनाबाट नेपालले कुल ३ खर्ब ६२ अर्ब रुपैयाँ प्राप्त गर्ने छ । रु. १ खर्ब लागत अनुमान गरिएको उक्त आयोजना निर्माण गर्दा सङ्खुवासभाका ६ गाविस प्रभावित हुने बताइएको छ ।
आयोजनाले नेपालले पाउने निः शुल्क विद्युत्बाहेको बाँकी विद्युत् भारत निर्यात गर्न पाउने छ । बानेश्वरस्थित बोर्डको कार्यालयमा भइरहेको वर्तामा बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) राधेश पन्तले वार्ताको नेतृत्व गरिरहेको प्रवक्ता घनश्याम ओझाले बताए । वार्ताका लागि सतलजका अधिकारीहरु सोमबार नै काठमाडौं आएका थिए ।

 


  •  
  •  
  •  

Comments are closed.