कलाकार शुभद्रा अधिकारीको जीवन अब पुस्तकमा

341
  •  
  •  
  •  

काठमाडौं २ भदौ (ओएनएस) :  दुई सय भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी कलाकार शुभद्रा अधिकारीले ‘जीवनगाथा’ नामक आत्मकथा प्रकाशन गरेकीछन् । आफ्ना जीवनका महत्वपूर्ण घटनालाई समेट्दै फिल्मी जीवन, परिवार र संगीतलाई बिशेष स्थान दिईएको पुस्तकको अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा र सभासद नविन्द्रराज जोशीले संयुक्त रुपमा बिमोचन गरेकाहुन् ।subhadra adhikari

नेपाली सिनेमामा २०२८ सालदेखि अभिनय सुरु गरेकी अधिकारीले त्यो बेलाको समयमा अभिनय गर्नु, गीत संगीत सिक्दाको पिडालाई समेत पुस्तकमा रोचक ढंगले समेटेको कार्यक्रममा बताइन् । ‘मनको बाध’, ‘कन्यादान’, ‘जीवनरेखा’ जस्ता सिनेमामा जीवन्त अभिनय गरेकी अधिकारी अझै पनि अभिनयमा सक्रिय छन् । यसअधि उनले ‘एक पांग्रा रथ’ नामक पुस्तक प्रकाशन गरेकी थिइन् ।


  •  
  •  
  •