सरकारले राष्ट्रिय कलाकार पहिचान गरी परिचयपत्र दिने

90
  •  
  •  
  •  

सञ्चार मन्त्री मीनेन्द्र  रिजालको सक्रियतामा सरकारले कलाकारहरुलाई दुई प्रकारमा ग्रेडिङ गर्ने भएको छ । बिहिवार सिंहदरबारमा फिल्मकर्मीहरुसंग छलफल गर्दै दुई स्तरमा कलाकारहरुको ग्रेडिङ गरी सरकारी परिचय पत्रको ब्यवस्था गर्ने बिषयमा मन्त्री रिजाल सहमत भएका हुन ।

भएको मौखिक सहमति अनुसार सर्वप्रथम सरकारी खर्चमा हरेक कलाकार  एवं प्राविधिकहरुको जीवनीमा आधारित पुस्तक तयार गरिने छ अनि सोही बमोजिम अतिबिशिष्ट र सामान्य गरी दुई प्रकारको परिचय पत्रको व्यबस्था गरिने छ ।

यो ब्यवस्थाका लागि सञ्चार मन्त्रालयका सह- सचिव कविराज खनालको संयोजकत्वमा एक कार्यदल गठन गरी एक हप्ता भित्रै काम सुरु गर्ने सहमति समेत भएको छ ।चलचित्र निर्माता संघका अध्यक्ष  राजकुमार राईको नेतृत्वमा अभिनेत्री करिश्मा मानन्धर, शिव श्रेष्ठ, निर्देशक अकाश अधिकारी, निर्माता, सुनील कुमार थापा, बाबुराम दाहाल र सञ्चारकर्मी प्रकाश सुवेदीसंगको छलफल पश्चात कलाकारलाई सरकारी परिचय पत्र दिईने बिषयमा  मन्त्री रिजाल सहमत भएका हुन ।


  •  
  •  
  •