नेपाल कलाकार संघ सरकारी निर्णयको बिरुद्धमा

119
  •  
  •  
  •  

kalakar-sang-bigyaptiसञ्चार मन्त्री मीनेन्द्र रिजालको सक्रियतामा सरकारले कलाकर्मीको बर्गीकरणको बिषयमा नेपाल कलाकार संघले त्यसको बिरोध गर्दै आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपाल सरकारले गर्न लागेको  संघका अध्यक्ष नवल खड्काले जारी गरेको विज्ञप्तीमा कलाकारहरुको बर्गीकरण गर्न नहुने उल्लेख छ ।
संघका सल्लाहाकारहरुको उपस्थितीमा बसेको कार्यसमितीको बैठकले सरकारले गर्न लागेको बर्गीकरणको बिषयमा आधिकारिक जानकारी नआएसम्म धारणा नबनाउने निर्णय गर्दै कलाकारको बर्गिकरण गर्न नहुने धारणा राखेको छ ।
कलाकारको हकहितका लागि काम गर्दै आएको कलाकार संघले नै बर्गिकरणको बिरोध गरेपछि सरकारलाई ठुलो चुनौती खडा भएको छ । केही फिल्मकर्मीले बर्गिकरणको बिषयलाई साकारात्मक लिएपनि अधिकांशले यसको बिरोध गरेका छन् ।
नेपाल सरकारले एक कार्यदलको गठन गर्दै कलाकर्मीको ‘क’ र ‘ख’ बर्गमा बर्गीकरण गर्ने निर्णय गरेको हो । यो निर्णय व्यवहारिक नहुने फिल्मकर्मीहरूले बताउन थालेका छन् ।

  •  
  •  
  •