विश्वकपको ‘महाभिडन्त’ मा को—कसको पक्षमा ?

483
  •  
  •  
  •  

सम्झना गैरे

काठमाडौं, २९ असार (ओएनएस) सात समुन्द्र पारिको देश ब्राजिलमा आइतवार मध्यराती विश्वकप फूटबलको फाइनल भीडन्त हुँदैछ । एमाले महाधिवेशनको नतिजा र बजेट भाषण सुन्न आतुर नेपाली मध्यराती भने फूटबलको नशामा डुब्ने तयारीमा छन् । चोक, गल्ली, रेष्टुरेन्ट र घर—घरमा आज राति विश्वकपको ‘महाभिडन्त’ हेर्ने तयारीमा जुटेकाछन् नेता देखि कलाकारसम्म । फूटबल प्रेमी नेपाली नेता र कलाकारलाई हामीले सोध्यो कसरी हेर्दैहुनुहुन्छ आज मध्यराती फूटबल ?  उनीहरुको उत्तर उनीहरुकै शब्दमा पढौ ओएनएसमा ।

पुष्पकमल दाहाल  (एकिकृत माओबादी अध्यक्ष)

 prachanda
सपोर्ट — अर्जेन्टिना
अर्जेन्टिनाको खेलाडी मेसी मलाई मन पर्छ । यस्तो ४ वर्षमा आउने भएकाले आज रात नसुती पुरै रात विताउने योजना बनाएको छु । आफ्नो परिवार र सहयोगीकासाथ विश्वकप हेर्ने योजना बनाएको छु । सबैजना बैठककक्षमा बसेर विश्वकप हेर्ने योजना छ ।’

 

रामचन्द्र पौडेल (उपसभापति नेपाली कांग्रेस)ramchandra paudel
सपोर्ट — जर्मनी
‘क्लबबीच हुने फुटबल त हेरिन्छ भने यो त विश्वकप हो । मैले यो विश्वकपमा जर्मनीको पक्ष लिएको छु । मलाई के विश्वास छ भने यो पटकको उपाधी जर्मनीले नै जित्छ । ब्राजिलजस्तो टिमलाई ७ गोल गर्नु चानचुने कुरा होइन् । आफ्नो परिवार र सहयोगीकासाथ बैठक कक्षमा बसेर विश्वकप हेर्ने योजना बनाएको छु ।’

baburam

बाबुराम भटराई (एकिकृत माओबादी नेता)

आज रातिको अर्जेन्टिना भर्सेस जर्मनीको गेम हेर्ने तयारीमा छन् । ‘श्रीमती यामी र छोरी मानुषीका साथमा घरमै बसेर आज राति फुटबल हेर्छु । जितहार भन्दा पनि खेलको मजा लिन हो मैले हेर्ने त । हिसिलालाई पनि फुटबल मनपर्छ, त्यसैले पनि परिवारमा बसेर खेलको आनन्दलिने योजनामा छौ ।’ 

 

सुवास नेम्वाङ (सभामुख)

nemwang
सपोर्ट — अर्जेन्टिना
मेरो सपोर्ट भनेको ब्राजिल नै हो । तर फाइनलामा चाँही आज म अर्जेन्टिनाको पक्षमा छु । त्यो सपोर्ट मेस्सीलाई हो । मेसिको म ठूलो फ्यान हु । बार्सिलोनाको क्लवका लागि खेल्ने मेसीलाई राष्ट्रिय टिमकालागि राम्रो खेल्दैन भन्ने आरोप छ । म चाहान्छु आज राती मेसीले यो आरोपबाट मुक्ति पाओस् । मेसीका कारण पनि अर्जेन्टिनालाई सपोर्ट गर्दै आएको छु ।

आज रातभरी सुत्दिन । वल्र्डकप मेसीले उचालेको हेरेपछि मात्र मलाई निन्द्रा लाग्छ ।’

 

केकी अधिकारी (अभिनेत्री)keki 2

सपोर्ट — अर्जेन्टिना
‘म त सदाबाहार अर्जेन्टिनाको फ्यान हो । आज फाईनल मज्जाले हेर्ने कार्यक्रम छ । रमणिय माहोलमा खेल हेर्दा आनन्द समेत मिल्ने भएकाले आज फूटबल हेर्न मामाघर जादै छु । हाम्रो घरको परिवार सबैजना मिलेर मामाघर जान्छौ । रातभरी नसुती हेर्ने हो । तर म सबैलाई आग्रह गर्छु, कृपया खेललाई बाजी र लडाईको बिषय नबनाउ ।’

 

जितु नेपाल (हास्य कलाकार)jitu nepal

सपोर्ट — जर्मनी
‘घरमै बसेर हेरिदै छ, आज । आफूले त जर्मनीलाई सपोर्ट गरिन्छ । हाम्रो देशलाई यूरोपियन यूनियन मार्फत जर्मनीले सहयोग गर्दै आईरहेको छ । धेरै नेपालीले जर्मनीमा पढ्ने, व्यापारव्यसाय गर्ने मौका पाएकाछन् । त्यसमा पनि हामी कलाकारले त झन् सांस्कृतीक कार्यक्रम मार्फत जर्मन जानी मौका पाईरहेका छौ । खेल आनन्दका लागि हेर्ने हो । तर सानो तिनो बाजी राखेको छु । यो बाजी केबल रमाइलोका लागि हो ।’

 

 

 

manoj gajurelमनोज गजुरेल (हास्य कलाकार)

सपोर्ट — जर्मनी
‘आफ्नो टिमले त हारिहाल्यो । ब्राजिलले जितोस् भन्ने लागेको थियो । तर हार्यो । तैपनि फाइनल खेल त हेरिन्छ । धापासी स्थित वोकार्ज रिसोर्टमा आर्गेनिक खानाको स्वादसँगै साथिहरुसँग बसेर हेर्ने हो आज त । रातभरी नसुति बिसुद्ध मनोरञ्जनका लागि हेर्ने कार्यक्रम रहेको छ । जित्ने त अर्जेन्टिनाले हो तर जर्मनीले जितोस् भन्ने कामना सहित हेर्छु ।’

 

 

मलिना जोशी (पूर्व मिस नेपाल, अभिनेत्री) malina joshi
सपोर्ट — जर्मनी
‘दिनभर कार्यक्रममा व्यस्त हुने भएकाले आज विश्वकपको मजा खुलेर लिन नपाईने भएको छ । तै पनि कामबाट हल्का फूर्सद पाईयो भने साथिभाईसँग रेष्टुरेन्टमा रमाईलो गर्दै हेर्ने व्यवस्था मिलाएका छौ । आफुले त ब्राजिललाई सपोर्ट गरेको आउट भईहाल्यो । आजको खेलमा जर्मनीलाई सपोर्ट गर्दैछु । आखाँले साथ दिएसम्म रातभरी जागाराम बस्ने योजना छ । केही गरि सकिन भने, सुत्छु अनि राती उठेर हेर्नेहो ।’

 

 

 

 

निश्चिल बस्नेत (निर्देशक, कलाकार)nishal basnet
सपोर्ट — जर्मनी
‘मैले सपोर्ट गरेको टिम गोल खाएर बस्यो । यो पालीको विश्वकप त्यति रमाईलो लागेन मलाई । फाइनलका दुबै टिम दमदार छन् । तर मलाइ जर्मनीले जित्छ जस्तो लाग्छ । मण्डला थियटरमा साथिभाई जम्मा भएर रातभरी नसुती हेर्ने योजना बनाएका छौ । जसले जिते पनि भोजखादै हेर्ने कार्यक्रम बनाएका छौ । वल्र्डकपको ट्रफी कसले उचाल्छ त्यो हेरेर सुतिन्छ ।’

 

namrata

नम्रता श्रेष्ठ (अभिनेत्री)

सपोर्ट — अर्जेन्टिना
‘साथिभाईसँग दरबारमार्ग स्थित आफ्नै रेष्टुरेन्टमा बसेर फाइनल खेलको आनन्द लिने कार्यक्रम बनाएको छु । सुरुवात देखि स्पेनलाई सपोर्ट गरेको आउट भईहाल्यो । आज बिशुद्ध मनोरञ्जनका लागि रातभरी जागिन्छ । बेलुकासम्म काममा खट्नु छ । त्यसपछि रातभरी इन्जोय गर्नेहो । आजलाई सुत्ने कार्यक्रम थाति राखेको छु । हेरौ निन्द्रा देवीले कत्तिको साथ दिनुहुन्छ । ‘


  •  
  •  
  •