स्याटलाइटबाट बेचिएको बिजुलीले कति पैसा आयो ?

258
  •  
  •  
  •  

राम कार्की
दशै दश दिनको हुन्छ, पञ्चक पाँच दिनको हुन्छ, तर भारतीय नेताको भ्रमणको कुरा आउन थालेपछि यहाँ महिनौ दिन चाड जस्तो ‘उन्माद’ देखिदैछ । यसलाई त्यसरी कृपा गरेर नलिइयोस । राम्रो कुरा भारतको राजनीतिक नेतृत्व अगाडी आएको छ, धेरै बर्ष पछाडी हामीले भारतको राजनीतिक नेतृत्वसंग राजनीतिक डिल गर्ने अबसर पाएका छौ ।

यो स्थितीमा त्यो भन्दा बढी केही होइन, र कमपनि केही होइन । ‘मामा आए नाना ल्याउलन, चाचा ल्याउलान’ भनेर नसोचौ । र, नकारात्मक रुपमा लिने कुरै भएन । किनभने छिमेकबाट एउटा जनमत प्राप्त प्रधानमन्त्री नेपाल पहिलो पटक आउदै हुनुहुनछ ।

एक डेड महिना देखी, नेपालमा अध्यारो छ भन्ने जानकारी भएका मित्रहरुले अलि उखरमाउलो कुरा गर्न थाल्नु भएको छ । तुरुन्तै सन्धी र सम्झौता यही बेला गर्नु प¥र्यो भनेर । अस्ति सुष्माजी( भारतीय विदेश मन्त्री शुष्मा स्वराज) आउदा खेरी गर्ने भनेका थिए, त्यो चुक्र्यो ।

नेपाललाइ झिलिमिलि पार्ने कुरा गरेको छ । कोशिले कति झिलिमिलि भो ? गण्डकीले कति झिलिमिलि भो ? महाकालीले कति भो ? स्याटलाइट थ्रुबाट बेचिएको बिजुली बाट कति पैसा आयो ? त्यसको हिसाब किताव त हामी गर्दै गरौला ।

अहिलेको आकांक्षा के हो भन्दा खेरी राजनीतिक रुपमा डिल गरियोस । नेपाल र भारतका साझा स्वार्थ के हुन ? जसरी ‘नन रेरिपर्पल डिलिङ’ छिमेकीसंग गर्नु पर्छ भनेर ‘गुजरात डक्ट्रिन’ आएको थियो त्यसै ढंगले भारतका प्रधानमन्त्रीले उदार भएर आउनु परर्यो ।

यति सानो मुलुक, यति पछौटे मुलुक कति उदार हुने ? उदार त उ पो हुनु प¥र्यो त । ‘यु क्यान सेक योर ह्याण्ड विथ सिक’ भन्छ नि, मुठीसंग हात मिलाउन सकिदैन । त्यसो हुनाले हामीले साझा हितका कुरालाइ अगाडी ल्याउनु प¥र्यो ।

राजनीतिक संवादको थालनी गर्नु प¥र्यो । आफ्ना हाम्रा राष्टिय स्वार्थहरुलाइ यहाँको राजनीतिक नेतृत्वले स्पस्ततः राम्ररी बिनम्रता पूर्बक राख्नु प¥र्यो, यस पटक । र त्यो भन्दा बढी उल्लासमा जानु पर्ने जस्तो मलाइ लाग्दैन ।

(एमाओवादी सभासद कार्कीले व्यबस्थापिका संसदमा राखेको धारणाको सम्पादीत अंश)


  •  
  •  
  •