पृथक्तावादी पक्राउ पर्दा डलरभक्षीहरूको रुवावासी किन ?

252
  •  
  •  
  •  

सुजित मैनाली
मधेसको एउटा नौटंकीबाजले तराईलाई अलग राष्ट्र बनाउनुपर्छ भनेर खुला भाषण गरेपछि प्रहरीले उसलाई पक्राउ ग¥यो । पृथक्तावादी के पक्राउ परेको थियो, नेपाली दैनिक पत्रिकाहरूले प्रथम पृष्ठमा समाचार प्रकाशन गरेर थाहै नपाई पृथक्तावादलाई मलजल गर्न पुगे । सञ्चारमाध्यमले यस्तो समाचारलाई या त ब्ल्याकआउट गर्नुपथ्र्यो, होइन भने भित्री पृष्ठको एउटा साँघुरो कुनामा थन्क्याइदिनुपथ्र्यो । पहिलो पृष्ठमा प्रथमिकताका साथ समाचार छाप्दा प्रकारान्तरमा यसले पृथक्तावादीले उठाएको मुद्दाको प्रचारप्रसार हुन्छ भन्ने अति सामान्य कुराको हेक्का राख्नबाट नेपाली सञ्चारजगत नराम्रोसँग चुक्यो ।

पृथक्तावादी पक्राउ पर्नसाथ लहरो तान्दा पहरो गर्जिएझैँ भयो । नेपाल राष्ट्र खडा भएकोमा शोक गर्ने र विदेशी प्रायोजनमा नेपाल राज्यको जगलाई धराशयी बनाउन खोज्नेहरू पक्राउको विरोधमा गर्जिए । पृथक्तावादीलाई पक्राउ गरेको विरोध गर्दा नेपालको भौगोलिक अखण्डतामा आ“च आउने शृङ्खला सुरु होला भन्ने भय उनीहरूमा रत्तिभर देखिएन । ‘शान्तिपूर्ण रूपमा विचार व्यक्त गर्ने व्यक्तिलाई पक्राउ गरेर सरकारले वाक् स्वतन्त्रता हनन ग¥यो,’ सबैको भनाइ यही थियो ।

उनीहरूलाई राष्ट्रिय अखण्डताभन्दा पनि वाक् स्वतन्त्रता प्यारो भयो । पृथक्तावादी अभियानलाई आँखा चिम्लिँदै जाँदा भोलि खुलामञ्चमै पृथक्तावादीले सम्मेलन गर्लान् भन्ने सम्भावनालाई उनीहरूले बुझ पचाए । नेपाल टुक्र्याउन पाउनुपर्छ भन्दै तथाकथित मधेसको अलग राष्ट्रगान र झन्डा बनाउने नौटंकीबाजलाई पक्राउ किन गरेको भन्ने उनीहरूको वक्तव्यबाजी पढ्दा यस्तो लाग्थ्यो मानौँ पृथक्तावादीलाई ताम्रपत्र, खादा र अबिरमालाले धुमधामसँग सम्मान गरी बग्गीमा चढाएर नगर परिक्रमा गराउनुपथ्र्यो । राष्ट्रिय अखण्डताको मूल्यमा वाक् स्वतन्त्रताको अधिकार दुनियाँको कुनै पनि संविधानले दिँदैन भन्ने सामान्य सिद्धान्तलाई पनि उनीहरूले बुझ पचाएको देखियो ।

के भन्छ संविधानले ?
नेपालको मात्र होइन, दुनियाँको कुनै पनि संविधानले खुला रूपमा पृथक्तावादको पक्षपोषणलाई अनुमोदन गर्दैन । भारत, अमेरिका, पूर्व सोभियत संघजस्ता विभिन्न राज्यको संघजस्तो पनि होइन, नेपाल । नेपालजस्तो पूर्ण रूपमा सग्लो राष्ट्रको संविधानले पृथक्तावादी विचारलाई रत्तिभर पनि सहन गर्दैन । भारतजस्तो विभिन्न भाषिक इकाइलाई बलपूर्वक जोडेर गठन भएको संघलाई विरासतका रुपमा पाउने मुलुक होइन, नेपाल । यो ऐतिहासिक प्रक्रियाबाट खारिँदै आएको एउटा सग्लो र जिउँदोजाग्दो राज्य हो जसले इतिहासका विभिन्न घुम्ती पार गर्दै राष्ट्रको रूप लिइसकेको छ । त्यसै कारण नेपाली संविधानले पनि पृथक्तावादी विचारलाई निषेध गर्दै आएको छ ।

अन्तरिम संविधानले पृथक्तावादको पक्षपोषण गर्नेलाई पक्राउ गर्ने मात्र होइन, आजीवन नजरबन्दमा राख्नेसम्मको कानुन बनाउने अधिकार सरकारलाई दिएको छ । नेपालमा प्राणदण्डको प्रावधान छैन । होइन भने राष्ट्रद्रोहको आरोपमा प्राणदण्डसम्म दिने गरिन्छ ।
अन्तरिम संविधानको निवारक नजरबन्दविरुद्धको हकसम्बन्धी प्रावधानमा प्रस्टसँग भनिएको छ, ‘नेपाल राज्यको सार्वभौमसत्ता र अखण्डता वा सार्वजनिक शान्ति र व्यवस्थामा तत्काल खलल पर्ने पर्याप्त आधार नभई कसैलाई पनि निवारक नजरबन्दमा राखिनेछैन ।’ अर्थात्, पर्याप्त आधार फेला परेको छ भने पृथक्तावादीलाई निवारक नजरबन्दमा अनन्तकालसम्म राख्न सकिन्छ ।

नेपाल टुक्र्याउ“छु भन्ने नौटंकीबाजलाई विनाआधार पक्राउ गरिएको होइन । यिनले लेखेका किताब, छापेका पर्चा र यिनको भाषणबाट उनी नेपालको सार्वभौमसत्ता र अखण्डताविरुद्ध छन् भन्ने पुष्टि हुन्छ । उसो त उनले आफ्नो विखण्डनवादी ध्येय प्रहरीसँगको बयानमा खुलस्त पारिसकेका छन् । त्यस्तै संविधानमै ठाउँठाउँमा लेखिएको छ, ‘नेपालको सार्वभौमसत्ता, अखण्डता वा विभिन्न जात, जाति, धर्म वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पर्ने वा गाली बेइज्जती वा अदालतको अवहेलना हुने वा अपराध गर्न दुरुत्साहन दिने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिब प्रतिबन्ध लगाउने गरी कानुन बनाउन पाइनेछ ।’

यो सब हुँदाहुँदै पनि पृथक्तावादीको पक्षमा पैरवी गर्नेहरू कति प्रतिशत नेपाली हुन् र कति प्रतिशन अनेपाली भन्ने बताइरहनुपर्दैन । नेपाली नागरिकता र पासपोर्ट बोक्दैमा कोही नेपाली हुँदैन । नेपाली बन्नका लागि नेपालप्रति आगाध स्नेह चाहिन्छ, नेपाली भएकामा गौरव गर्ने छाती चाहिन्छ । पृथक्तावादको पक्षपोषण गर्ने नेपाली नागरिकताधारीहरू नर्वेली नागरिकता बोक्ने क्विसलिङ, लेप्चा जातिका सिक्किमे नागरिकताधारी लेन्डुप अथवा बंगालका मिर जाफरका नेपाली संस्करण हुन् । पृथक्तावादको पक्षपोषण गर्नेलाई या त आफ्ना पुर्खाको बपौतीलाई पृथ्वीनारायण शाहले ध्वस्त गरेर आधुनिक नेपालको जग बसाइदिएको आरिश छ, या त उनीहरू कुनै विदेशी नियोगको प्रत्यक्ष–अप्रत्यक्ष पेरोलमा छन् । सिआइएलगायत अमेरिकी सुरक्षा नियोगको प्रत्यक्ष निगरानी रहने अमेरिकी हतियार कम्पनी रेथियोनमा काम गरी अमेरिकी गुप्तचर तथा सुरक्षातन्त्रबाट दिक्षित व्यक्ति पक्राउ पर्दा डलरभक्षीहरूले सुरु गरेको रोइलोले यी दुबैको नाभी पश्चिममै जोडिएको छ भन्ने अझ प्रष्ट पारिदिएको छ । डलरभक्षीहरूको रोइलो डदरप्रतिको उनीहरूको बफादारिताको उपज हो ।

प्रायोजित शब्द मधेस

केही समययता पङ्क्तिकारले राणाकालमा ब्रिटिसहरूले नेपालबारे उल्लेख गरी लेखेका करिब ६० वटा किताब पढ्यो । ती कुनै पनि किताबमा मधेस शब्द थिएन । नेपालको दक्षिणी समतल फा“टलाई सबै किताबमा तराई भनी सम्बोधन गरिएको छ । ब्रिटेन र नेपालबीचको युद्धपछि गरिएको सुगौली सन्धिमा पनि तराई शब्द प्रयोग गरिएको छ ।

अर्थात्, मधेस रैथाने होइन । अन्तरध्वंशी नियतसहित बाह्य पक्षले लादेको यो खतरनाक शब्द हो । तराई शब्दले दक्षिणको समग्र समतल भूभागलाई जनाउने भएकाले यसबाट राजनीतिक अभीष्ट प्राप्त नहुने देखेर मधेस शब्दबाट यसलाई प्रतिस्थापन गर्न खोजिएको हो । मधेस पुच्छर जोडेका पार्टी, एनजिओआदी गठनमा कुन शक्तिले सहयोग गरेको छ भन्ने नियाल्यो भने मधेस शब्दमा निहित अन्तरध्वंशी नियत सजिलै बुझ्न सकिन्छ ।

नेपाली भूगोलमा मधेस भन्ने कुनै ठाउँ छैन । मधेस नभएपछि मधेसी हुने कुरै आउ“दैन । तराईबाट मलेरिया उन्मूलन भएपछि मात्र त्यहाँ मानव बस्ती बसेको हो । पहिले तराईभरि मलेरियायुक्त जंगल फैलिएको थियो । तराईका वास्तविक भूमिपुत्र थारू मात्र हुन् । पृथ्वीनारायण शाहले नेपाली भूगोलको पुनर्एकीकरण गर्नुअघिदेखि तराईमा थारूबाहेक हात्ती, अर्ना, गै“डा, बाघ, भालु र लामखुट्टेको मात्र अस्तित्व थियो । थारूबाहेक कुनै पनि मानव समुदाय तराईमा टिक्न सक्दैनथ्यो किनकि मलेरियासँग जुध्नसक्ने क्षमता प्रकृतिले थारूलाई मात्र दिएको थियो ।
थारूहरूको जिनमा सिक्कल सेल नाम गरेको रोगको अंश छ भन्ने प्रमाणित भइसकेको छ ।

सिक्कल सेलका कारण थारूहरूलाई मलेरिया लाग्दैनथ्यो । सिक्कल सेल लागेको मानिसलाई मलेरिया लाग्दैन किनकि यी दुई रोग एकैसाथ रहन सक्दैनन् । अर्थात् यी दुईले एक–अर्कालाई ‘न्युट्रलाइज’ गर्छन् भन्ने चिकित्सा विज्ञानले प्रमाणित गरिसकेको छ । नेपालबाट मलेरिया उन्मूलन भइसकेपछि थारूहरूमा अहिले सिक्कल सेलले विकराल रूप लिन थालेको कुराले समेत यसको पुष्टि गर्छ । तराईमा मलेरिया उन्मूलन भइसकेपछि उत्तर र दक्षिणतिरबाट सुरु भएको बसाइँसराइका कारण तराईको जनघनत्व बढेर अहिलेको अवस्थामा आइपुगेको हो ।

जंगबहादुरको उदयपछि भित्री तराईको मानव बस्तीलाई समेत नष्ट गरिएको थियो । राणाहरूले ब्रिटेनप्रति थप ‘आइसोलेसनिस्ट पोलिसी’ लिए । नेपाललाई ब्रिटेनबाट सकेसम्म टाढा राख्न उनीहरूले तराईमा जस्तै भित्री तराईमा पनि घना जंगल उम्रन दिए । यसका लागि भित्री तराईका मानव बस्तीलाई पहाडी इलाकामा सार्ने काम ग¥यो । बेलायतसँग युद्ध गर्नुपरेमा नेपालभित्र प्रवेश गर्नबाट ब्रिटिस सैनिकलाई रोक्ने उद्देश्यले यस्तो प्राकृतिक निरोधक (डिटरेन्स)मार्फत नेपाली सिमानाको किलाबन्दी (फोटिफिर्केसन) गरिएको थियो । ‘तिमीहरूले तराई र भित्री तराईमा मलेरियायुक्त जंगल निर्माण गरेर के भयो, हामीले चाह्यौँ भने बाग्मतीको किनारैकिनार काठमाडौंमा धावा बोल्न सक्छौँ,’ भनेर ब्रिटिसहरूले त्यतिवेलै भनेका थिए ।
यसरी इतिहासमा कहिल्यै हुँदै नभएको मधेस माग्ने निर्लज्ज मगन्तेको पक्षमा लाग्नेहरू कुन नियतबाट परिचालित छन् भन्ने बुझ्न अप्ठेरो छैन । त्यस्ता मानिसहरू विदेशी डोनेसनबाट सञ्चालित एनजिओ र आइएनजिओबाट प्रोजेक्ट लिएर भारु अथवा डलर हजम गर्छन् कि गर्दैनन् भन्ने मात्रै नियाले सबै कुरा प्रस्ट हुन्छ । प्रायोजित अनुसन्धानमा र बौद्धिक मन्थनमा लाग्ने मानिसको बौद्धिकता मौलिक हुनै सक्दैन ।

(लेखक पत्रकार हुन् ।)


  •  
  •  
  •  

Comments are closed.