ओली अध्यक्ष बन्दैमा पार्टीमा गुणात्क परिवर्तन हुँदैन

300
  •  
  •  
  •  

prasatमोदनाथ प्रश्रित
नेकपा एमालेको नेतृत्व चयन गर्न यो भन्दा पहिला पनि निर्वाचन हुने गरेका थिए । नेता कार्यकर्ताले आफूखुसी मतपत्रमा चिनो लगाएर मतदान गर्दथे । त्यसो गर्दा पार्टीभित्र ग्रुपिज्म देखा पर्दैन थियो । ती चुनावमा अहिलेको जस्तो गुट बनाएर कार्यकर्ताहरू बाहिर देखा पर्दैन थिए । यसपटक अलिबढी खुलेर यस्तो देखियो ।

अहिले म नेता भन्ने कि ? त नेता बन्ने ? भनेर दुईजना नेताले गुट बनाउनु भयो । दुईवटा नेताले फरक पार्टीको नेता जस्तो गरी उम्मेदवारी दिनुभयो र परिणाम पनि त्यस्तै आयो । जसको परिणाम पार्टीमा मनोमालिन्य बढ्ने, तेरो र मेरो भन्ने भावना पार्टीमा बढ्दै जाने देखिन्छ ।

केपी ओलीको बोलीचाली अलि तिखो छ । मानिसहरूको विभिन्न स्वाभाव भएजस्तै ओलीको स्वाभाव अलि चतुर खालको छ । बोली तिखो र व्यवहार चलाख भएपछि उहाँले त्यसैको प्रभावमा केही समय पहिलादेखि नै एउटा समुह बनाउनु भएको थियो ।

तर ओली अध्यक्ष हुने वित्तिकै एमालेमा कुनै उल्लेख्य परिवर्तन हुँदैन । यदि उहाँको शरीर पुर्णताय स्वास्थ्य हुन्थ्यो भने केही गर्न पनि सक्नुहुन्थ्यो होला । अहिले पार्टी चिरा परेको अवस्था छ । उहाँलाई स्वास्थ्यले पनि साथ दिएको छैन ।

यस्तो अवस्थामा उहाँले सिंगो पार्टीलाई समेटेर लानसक्ने अवस्था रहँदैन । त्यस कारण ओली अध्यक्ष बन्दैमा गुणात्मक परिवर्तन हुनेवाला छैन् ।

माधव नेपाल पटक–पटक गरी १५ वर्षसम्म पार्टीको प्रमुख बन्नु भएको हुनाले पनि केपी ओलीले अध्यक्ष बन्न खोज्नु स्वाभाविक हो । उहाँको स्वास्थ्य अली कमजोर भएका हुनाले काम गर्न नसक्ने हो कि भन्ने मात्र हो । अन्यथा उहाँ पनि माधव नेपालसँगै पार्टीमा काम गर्नु भएको हो । उहाँले पनि पार्टीमा धेरै लगानी गर्नुभएको छ । त्यस कारण पनि उहाँ अध्यक्ष बन्न खोज्नु स्वाभाविक हो ।

अब पार्टीमा दुईजना पुर्व प्रधानमन्त्री र अध्यक्ष बन्नु भएको छ । उहाँहरूको व्यवस्थापन गर्ने काम पनि ओलीको काँधमा आएको छ । उहाँलाई पार्टीका पुर्व प्रमुखको हैसीयतले कुनै अध्ययन असुन्धानको काममा लगाउनुपर्छ । विश्लेषण गर्ने अध्ययन गर्ने, अनुसन्धान गर्ने समय उहाँहरूलाई मिल्छ । उहाँहरूले संगठन निर्माणको कामका लागि दौडधुप गर्नुपर्दैन् । उहाँहरू त गाउँमा जाने, विकास निर्माणको काममा लाग्ने अध्ययन, अनुसन्धान गर्ने काममा लगाउनु पर्छ ।

एमालेभित्र गुटबन्दी टिक्दैन । एमाले धेरै परिपक्व पार्टी हो । किन भने धेरैपटक एमालेभित्र गुटबन्दीका प्रयास भएका थिए । कार्यकर्ताले गुटबन्दीलाई अन्त्य गरेका थिए । नेताको पछाडि लागेर कार्यकर्ताले लाखौं, कराडौं रुपैंया दिने होइन । काम गर्ने कार्यकर्ताले हो । त्यस कारण नेताको पछाडि लागेर केही हुँदैन भन्ने कुरा कार्यकर्तालाई थाहा छ । त्यस कारण एमालेभित्र गुटबन्दी चल्दैन् ।

कुराकानीमा आधारित


  •  
  •  
  •