१) मधेस आन्दोलनका नेता
जसरी मधेस सबै एउटै हो भनिन्छ, वास्तविकता त्यो होइन । सरकार मधेसको नाममा दिइने एकमुष्ट आरक्षण बन्द गर र त्यस्लाई डिमार्केसन गर । मधेसमा माथिल्ला र तल्ला जात छैनन् ? मधेसमा आदिवासी र आप्रवासी छैनन् ? मधेसमा दलित छैनन् ? सबैलाई किन मधेसको नामको कोटा ? मधेसी दलित र थारुहरुलाई बढी आरक्षण र माथिल्लो जातका मधेसीलाई कम आरक्षण दिइयोस् । हामी सबैले देखेको यथार्थ के हो भने देशमा सबैभन्दा बढी पीडित कोही छन् भने मधेसी दलित छन् र ती मधेसी सामन्तहरुबाटै धेरै पीडित छन् । यिनै त्रिपाठी, यिनै महतो र यिनै ठाकुरहरुबाट पीडित छन् । अहिले फेसबुकमा मधेस भनेर उफ्रिने कुनचाहिँ झ्याँसले आफूले मधेसको नाममा पाएको कोटा मुसहर या डुमलाई दिऊँ, मलाई आवश्यक छैन भनेको छ ? भेट्टाएको सबै आफैंले ओगट्ने अनि मधेस पीडित भो भन्ने ? तिमीहरुले पीडित गराएको छैनौ मधेसका गरिबलाई ? तिमीहरुले कोटा पाएसम्म नछोड्ने अनि पहाडेले सके भन्ने ? राज्यको विशेष सुविधा लिने अनि काला झन्डा राखेर बकबक गरेर तीनबित्ता उफ्रिने ? मधेस आरक्षणको गलत प्रयोग रोकिनुपर्छ । मधेसका दलित, आदिवासी र पछाडि पारिएका समुदायले बढी आरक्षण पाउनुपर्छ–– माथिल्ला जात, मधेसका एलिट र पहुँचवालाले कम ।
सिधै ‘भारत वेलकम’ लेख्ने, पारि गएर आफ्नो देशमा ढुंगा हान्ने, आफ्नो देशलाई जथाभावी भन्ने, आफ्नो देश र पहिचानको हरसम्भव अपमान गर्ने अनि ‘हामीलाई भारतीय देख्यो’ भनेर उफ्रिने ? स्वाँठहरू । तिम्रो पहिचान पहिचान हो, अरुको पहिचान पहिचान होइन ? अरुलाई जे मन लाग्यो, त्यही भनेर अपमान गर्ने अनि आफूलाई केही भन्दा ‘हामी दोस्रो दर्जाको भयौं’ भन्ने रोइलो ? तिमीले हेपेर जे मन लाग्यो भन्ने, नानाभाँती बोल्ने मान्छेहरु चाहिँ मान्छे होइनन् ? आफ्नो आत्मसम्मान गजप, अरुको आत्मसम्मान बाबाजीका ठुल्लु ?
हो ! विभेद थियो र छ । संसारको कुन देशमा यो एकै दिनमा अन्त्य भएको छ, देखाउनुस् । अमेरिकामा काला जातिका मान्छे राष्ट्रपति हुन झन्डै २५० वर्ष लाग्यो, अहिले पनि विभेद उत्तिकै छ । तिमीले आदर्श मान्ने भारतमा दक्षिण भारतीय र बिहारीलाई केन्द्रले गर्ने व्यवहार हेर । गफ दिएर हुन्छ ? नेपालमा विभेद कम हुँदै गएको छैन ? आरक्षण, पहिचानका कुरा, विशेष आयोग, विभेदको अन्त्यलगायतका कुरा उपलब्धि होइनन् ? पहिलो राष्ट्रपति, उपराष्ट्रपति मधेसी हुनु उपलब्धि होइन ? अनि विभेद हटाउनका लागि चेतना जगाउने, मिलेर बस्न सिकाउने कि भड्काएर, उफ्रेर, मान्छे मार्न उक्साएर, तेरिमा फलानथोक भनेर ? तिमीले मध्यमार्गी धेरैलाई र्याडिकल बनाउँदै गइरहेका त छैनौ आफ्नो बकम्फुसे बकबकले ? तिमीलाई हतार भो भनेर समाज सबै एकैपटक उलटफेर हुनुपर्ने ? तिमीले भनेजस्तो संरचना र परिवर्तन एकै छुमन्तरमा हुनुपर्ने ?
जुन हिसाबको आन्दोलन भइरहेको छ, त्यसले तस्कर या अपराधीलाई फाइदा भइरहेको छ । अधिकारको मागसँगै अपराध बढेको देखेका छौ ? पुलिस चौकी हट्यो, सुरक्षा कमजोर भो भने कस्लाई फाइदा हुन्छ ? तिमीहरुको निसाना बारम्बार पुलिसमात्रै हुनुको कारण के हो ? पुलिसले दमन गर्यो, बकाइदा माग राख वार्तामा, छानबिन गराऊ, कारबाही गराऊ, म पनि सँगै जान्छु । तर तिम्रो आन्दोलनको आडमा आपराधिक काम गर्नेलाई समातेर बुझाउन सक्छौ ? भोलि तिमीले राज्य जितौला, त्यतिबेला कानुनको शासन चाहिन्न ? यत्रो विद्वान समुदाय र राजनीतिको केन्द्रमा रहेकाले गरेको प्रजातान्त्रिक अभ्यास यही हो ? लाजको पसारो ।
जुन भारतले पिठ्युँमा धाप मार्यो भनेर मक्ख छौ, यो लेख पढ्न छाडेर एकछिन इतिहास पढ । श्रीलंकाका तमिललाई पहिले उकासेर, खुवाएर, तालिम दिएर, लड्न पठाएर आफैं गएर र अन्त्यमा कसरी समाप्त गर्यो ? त्यो दिल्ली हो, त्यस्लाई तिम्रो माया छ भन्ने ठान्छौ भने ठूलो दृष्टिभ्रममा छौ । आफ्नै देशमा भन, पहिले संविधान राम्ररी पढ, यहाँ-यहाँ भएन भनेर तार्किक बहस गर, आफ्ना कुरा जनतालाई बुझाऊ । आफ्ना क्षेत्रका मान्छेलाई ५० दिन बन्दको मारमा पारेर कसलाई बढी बेफाइदा गराइरहेका छौ ? आफ्ना सन्तान या आफू काठमान्डु र विदेशतिर बसेर गरिबका छोराछोरीलाई गोली खान जा भन्दिने ? लाज छैन ?
आन्दोलनका इस्यु नयाँ हुन्, मान्छे र पात्र उही कुहिएकै हुन् । यी मान्छे हुन्जेल सुधार हुन्छ भनेर सोच्छौ भने भाँडमे जाऊ । हिजो पहिलो संविधानसभामा सबैथोक पाउने अवस्था हुँदा छोडेर हिँड्ने को ? यिनै उपेन्द्र यादव, राजेन्द्र महतो, महन्त ठाकुर वा त्रिपाठी होइनन् ? जब-जब आफू सत्ताबाहिर पर्ने अवस्था आउँछ, किन तब-तब मात्र मधेसीले अधिकार नपाएका कुरा उठ्छन् ? मधेस आन्दोलनको उपलब्धि यिनै वर्षौंदेखि भ्रष्टाचारमा कुहिएका केही टाउकेलाई सधैं सत्तामा टिकाइराख्न हो ? होइन भने ट्विटर/फेसबुकमा कराउन छोडेर नेतृत्व लेऊ मधेस आन्दोलनको र सही दिशा देऊ आन्दोलनलाई । नत्र आफ्नो निहित स्वार्थ बोकेर हिँडेको एउटा जत्थाको मनपरी मागमा आफ्नो अन्धसमर्थन देखाउने हो भने आफूलाई बुद्धिजीवी भन्न छाड ।
अंगिकृत नागरिकता लिनेबित्तिकै सिधै मन्त्री किन बन्नुपरो ? सांसदसम्म बन्न पाइने लेखेकै छ त । रैथाने मधेसी ठूला पदमा भए हुन्न ? अंगिकृत नागरिकता लिनेबित्तिकै मुख्यमन्त्री वा मन्त्री बन्नुपर्ने कारण के हो ? यसको उद्देश्य के हो ? तिमीले आदर्श मान्ने भारतमा २८२ मा एकजना पनि बीजेपी सभासद मुसलमान छैनन्, २.४५ करोड भोट भएको बहुजन समाज पार्टीको एउटा पनि सभासद छैन, महिला कति छन् हेरेका छौ ? उनीहरुको भन्दा हाम्रो हालको प्रतिनिधित्व समवेशी छैन ? छैन भनेर प्रमाणित गर, सक्छौ ? हुती छ ? उनीहरुको देशमा ४५ हजारदेखि २९ लाखसम्म भोटर भएको क्षेत्र हुन हुने, हाम्रोमा जनसंख्याका आधारमा सबै किन हुनुपर्ने ? हुने-नहुने जे पनि भन्दिने क्रान्तिकारी बन्ने होडमा ?
९) लैनचौरको दानापानी
अहिले आएर मधेसको यत्रो चिन्ता हुने विद्वान र राजनीतिज्ञ मुदय––
तिम्रो सीमा मिचिंदा, एसएसबीले बल प्रयोग गर्दा, भारतले पानी थुनेर तिम्रा खेत डुबाउँदा तिम्रो चिन्ता कहाँ घाँस चर्न जान्छ ? तिम्लाई माया गर्ने पल्टेको भारतले तिम्रो पीडामा दुई कौडीको सहुलियत दिन्छ ? तिमीसँग साखुल्ले भईटोपल्नेहरू तिम्रा लागि बोल्दिन आउँछन् कि लैन्चौरमा दानापानी र स्कलरसिप थाप्न जान्छन् ? मधेसका गरिब जनताका यी मौसमी झ्याँसहरुलाई माया छ भन्ने लाग्छ भने तिमी ठूलो भूल गर्दैछौ । आफ्नो इगो साँध्न र यता केन्द्रमा आफू ठूलो पल्टिन नपाएको इगो साँध्न तिमीसँग ‘हो मा हो’ मिलाएका हुन् यिन्ले । यीमध्ये धेरै मधेसको कोटामा सहुलियतमा पढेका या जागिर खाएका या दुबै गरेका या हुने आशा गरेका छन् । सधैं सत्तामै बसिरहने लालसा बोकेर हिँडेका र त्यसका लागि आफ्नो देश छोडेर अर्को देशको चाकरी गरिरहेकाहरुलाई पिठ्युँमै बोकेर हिँडिराख्ने ?
१०) अपराधबाट उन्मुक्ति
मूल कुरामा जाऊँ । मधेस आन्दोलन हाँकिरहेका केही बज्रस्वाँठहरू थुप्रै आपराधिक मुद्दामा छानबिन भइरहेका कुख्यात पात्र हुन् । उपेन्द्र महतोको गौर हत्याकाण्डदेखि राजेन्द्र महोतोको भ्रष्टाचार काण्डबारे नभुलौं । आन्दोलनको आडमा यस्ता गम्भीर प्रकारका मुद्दा फिर्ता लिनका लागि बार्गेनिङ गर्ने उनीहरुको पुस्तौं पुरानो रोगले यसपालि पनि गाँज्ने प्रशस्त सम्भावना छ । माओवादीले युद्धकालमा आफ्ना नेता रिहाइका लागि जसरी बार्गेनिङ गर्थ्यो, मधेसी नेताहरूले पनि त्यस्तै माग राखेर अपराधीलाई छुटाउने प्रपञ्च खेल्दैछन्, चनाखो रहनु नत्र खाँचैसिति ।
साभार ः jaimatanepal.blogspot.com/