मोदी, अपेक्षा र प्राप्ति

276
  •  
  •  
  •  

एल बी छेत्री

kkkk

सामाजिक जीवन र राजनीतिको लामो अनुभव बोकेका नरेन्द्र दामोदर मोदी एउटा अनुभवी, सुल्झेका र श्रूड राजनीतिज्ञ र सफल राजनेता हुन् । धेरै टाढाको सोंच राख्दछन्। नेपाल भ्रमण उनको लामो सोंचको परिणाम हो । कति लामो भने भुटानमा गएर पनि झुक्किएर नेपालनै उच्चारण गरेछन् । उनि ठुलो देशको ठुलो मान्छे दुरगामी सोंच लिएर ससाना देशको राजकीय भ्रमण पहिला भ्याउदैछन् । ससाना देशका ससाना मान्छेलार्इ ठूलाठूला देशका ससाना कुरा पनि ठूलठूला लाग्नु स्वाभाविकै हो । पैतालिस मिनेटमा तेइस पटक भन्दाबढी तालिबज्नु मोदीको कलात्मक प्राप्ति हो र नेपालीहररूको अनुहारमा चमत्कारिक प्रसन्नता देख्नु उनको अपुर्व उपलब्धि । नेपाल आउनु अघि मोदीले आफ्ना कुटनैतिक विशेषज्ञहररूसँग अवश्य जान्ने प्रयासगरेका होलान ( नेपालको वास्तविक समस्या के हो ? उनका अपेक्षा के कस्ता छन् ? भारतलाइ नेपालबाट के चाहिएको छ ? भारतीय कुटनीतिज्ञयहरूले सजिलै भने होलान् ( लगभग ३ करोड जनसंख्या भएको देशमा ६०१ सांसद छन् । आपसमा लड्दै झगड्दै गर्छन् । आठ वर्ष भयो एउटा संविधान लेख्न सक्दैनन् । त्यहाँका बद्धिक मानिसहररूबीच नेपाललार्इ भारतकै निर्देशनमा हिड्न पर्ने बाध्यता छ भन्ने भ्रम छ भने केहिसमय अघि देखि नेपालीहररू गौतम बुद्धको जन्मथलोलार्इ लिएर तर्सि रहन्छन् ।

मोदीले आफ्ना कुटनितिज्ञहरूसँग यो पनि सोधेका होलान् – भारतले नेपालसँग कस्तो अपेक्षा राख्दछ ? अनि जवाफ पाए होलान् – शक्ति , बिजुली र सैन्यको । यसरि पूर्ण तैयारीका साथ भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदी नेपालको दुर्इदिने राजकीय भ्रमणका लागि त्रिभुवन विमान स्थलमा पुग्छन् । प्रधानमन्त्रीकै अगुवाइमा स्वागत र १९ तोपको सलामी लिन्छन् ।

अब लागौं संसद भवन तिर ।

मोदीको संसदभवन मन्तब्य र हाम्रा अबुझ सांसदहररूले बजाएको तालिको गडगडाहट विश्व भरि सुनियो र हामि र मक्ख परेकै हो । नयाँबानेस्वर र चावाहिलमा गाडिबाट ओर्लेर मोदीले जनतासंग हात मिलाएको दृश्यले मलार्इ लाग्यो नेपालमा भारतीयहररू चन्द्रसम्सेर र मोहनसम्सेर कै पालाबाट छिरेको सत्यलार्इ कसले अस्विकार गर्न सक्छ ? अर्थात भारतीयहरू हाम्रो घरमा घुसेको त उहिलेइ देखि हो । तर, जुन गरम जोशका साथ मोदीले जनतासँग हात मिलाए, कसैले मिलाएको थिएन । साथै यस भन्दा अघिका कुनै पनि भारतीय नेताहररूले नेपाली दिलमा यसरि ठाउँ बनाएको इतिहास पनि छैन । तर मोदीले बनाए जस्तो लाग्यो ।

पैला नेपाली भाषालार्इ सम्मान गर्दै नेपाली भाषामा नै भूमिका बाँधे र क्रमशः आफ्नो पारा मा आए । विकाशको यति ठुलो सम्भावना बोकेको सुन्दर शान्त नेपालमा नेपाली अकर्मण्य ब्योहारा देख्दा कता कता उनलाई रिस उठेकै थियो । छिमेकी हुन् हाम्रै दाजु हुन् । हक पनि लाग्छ जस्तो लागे होला। मस्तिस्कलाई नै झन्न गर्ने गरि झ्याम्म हिट गर्न मन लाग्यो । र हिट गरे र भने पनि। ‘आप सोंचते होंगे ये कौन होता है हिट करने वाला ? मै बताता हुँ आपको ।’ अनि बडो सरल तरिकाले नेपाली मन र मस्तिष्कलार्इ छुने गरि हिट ज् क्ष् त् को व्याख्या गरे । सहि पनि हो । विस्व विकासको प्रथम आधार नै बाटो र अयmmगलष्अबतष्यल (सम्पर्क) हो । हामि त्यसैमा कति पछि कति । मोदी ले तेसो भनिरहँदा हामि कुरो को चुरो कम बुझ्दै तालि धेरै बजाउदै थियौं ।

मन्तब्यकै क्रममा मोदिले भने ‘पहाडकी पानि और जवानी रुक्ति नही है ।’ यसले मलार्इ छोयो । गहिरिएर यसको अर्थ बुझ्ने प्रयास गरें । पाहाडको पानि बगेर अन्तोतगत्वा कहाँ जान्छ ? नेपालका युवाहरु रोजगारीका लागि अन्तोतगत्वा कहाँ जान्छन् ? एउटा शिल्पकारले झैं मोदीले यसको सकारात्मक बिटमारे पानि ।  ‘और नेपाली जवानी को अब नेपाल मे हि रोकना होगा ।’ तर साथै भने , ‘दश वर्ष के बाद उजाला भारत आएगा ।’ समय पनि तोकी दिए । यो हामि नेपालीलार्इ एक प्रकारको चुनौती थिओ । मेरो दृष्टिकोणमा–मोदीको कुरा कुनै सभासदले बुझे जस्तो लागेन । बुझे पनि आठ दश ले बुझे होलान् । मोदीको मन्तब्यमा व्यंगात्मक चुनौती थियो । ‘अरे कुछ कर सकते हो तो करके दिखाओ । आपलोगों के पास सबकुछ तो है ? पाहाड है, पानि है, जवानी है । रोक्लो इस सम्पदाको अपने पास । क्यों आनेदेते हो भारत ? कौन रोक रहा है आपको ? बानाओ अपने देशको । करलो उजाला । पैसा चाहिए ? लो एक खरब दे रहा हुँ बनालो अपने देशको । समयभी दे रहा हुँ । दश वर्ष, दशवर्षके बाद उजाला भारतमे होना चाहिए ।’

भारत र मोदी मन्तब्य विरोधीहरुको ताँती पनि छ । सोंच आ–आफ्नो । प्रत्येक कुरामा नकारात्मक सोंच राखेर पनि त हाम्रो अर्थात देशको भविष्य सुनिश्चित हुदैन । एउटा कुरा सत्य के भने मोदीले भन्दैमा र सांसदहररूले तालि पिट्दैमा सबैकुरा स्वतः बन्ने होइन समस्याको समाधान हुने होइन । प्र.म. मोदीले भनेका प्रतेक कुरालार्इ धेरै दृष्टिकोण ब्याख्या गर्न सकिन्छ । हामिलार्इ चुनौती छ नै । मोदी मन्तब्यको आशय पनि प्रस्ट छ–तिमिहररूसँग जे पनि छ । गर, देशलार्इ बनाउ । हामि सहयोग गर्न तैयार छौं। राम्रो नेतृत्व दिन सक्ने हो भने तपाइँ हरु संग जे पनि छ । ससाना कुरामा किन अल्झनु हुन्छ ? गौतम बुद्ध कहाँ जन्मेका थिए ? हामी सार्वभौम हौँ कि होइनौ ? १९५० को सन्धि ? गौतम बुद्ध नेपालमा जन्मेका थिए, लक्ष्मण जस्ता शक्तिशाली योद्धा बिरामी हुँदा औषधि दिने देश नेपाल नै नै हो र पनि आज आफै रुग्ण देखिन्छ । तपाइँहरू सार्वभौम होइन भनेर कसले भन्यो ? नेपाल एउटा सार्वभौम देश थियो , हो र रहन्छ पनि । १९५० सन्धि को नया मस्यौदा बनाएर लिएर आउनुहोस् छलफल गरौँ र संसोधन गरौँ । यो त कुनै समस्या नै होइन ।

यस्तै आशयका शब्दहरु पस्कँदै एउटा माज्जिएको पोख्त कलाकारले झैँ आफु चायवालाबाट त्याहाँसम्म पुगेको आभास गराउदै शस्त्र र शास्त्र बीचको अन्तर सम्झाउदै सम्झाए र भारतका एक सय पच्चिस करोड जनताको माया, शुभकामना र सदभावना सुनाउदै मोदीले आफुलाई एउटा महान व्यक्ति, महान राजनीतिज्ञ र माहान जनप्रेमी प्रमाणित गरेर गए ।

लेखक त्रिभुवन बिश्वबिद्यालयका सह प्राध्यापक हुन्


  •  
  •  
  •