अष्ट्रेलियाका उत्कृष्ट टेष्ट ओपनर अर्थर मोरिसको निधन

95
  •  
  •  
  •  

artthur morrisकाठमाडौ, ५ भदौ(एजेन्सी) : सबैभन्दा पुराना अष्ट्रेलियन क्रिकेटर अर्थर मोरिसको निधन भएको छ । सन् १९४८ को निकै चर्चित एसेज सिरिजका सर्वाधिक रन बनाउने क्रिकेटर तथा अष्ट्रेलियाका उत्कृष्ट प्रारम्भिक ब्याटस्म्यान अर्थरको ९३ वर्षको उमेरमा निधन भएको छ ।

अर्थरले सन् १९४६ मा भएको एसेज सिरिजबाट टेष्टमा डेब्यु गरेका थिए । उनले आफ्नो खेल जीवनमा मात्र ४६ वटा टेष्ट खेलेका थिए र ४६.४८ को औसतमा ३ हजार ५ सय ३३ रन जोडेका थिए । यस क्रममा उनले १२ वटा शतक प्रहार गरेका थिए । मोरिसले आफ्नो डेब्यु टेष्टमा तीन वटा इनिङमा लगातार सतक प्रहार गरेका थिए ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै क्रिकेट अष्ट्रेलियाका प्रमुख वाली इडवार्डले भनेका छन्, ‘अर्थर मोरिस एक उत्कृष्ट क्रिकेटर थिए । अष्ट्रेलियाको क्रिकेट इतिहासमा उनको नाम कहिल्यै मेटिने छैन् । जब प्रारम्भिक ब्याटस्म्यानका बारेमा अष्ट्रेलियाली टोलीमा चर्चा चल्नेछ, त्यहाँ उनको नाम अवस्य पनि लिइने छ ।’


  •  
  •  
  •