प्लाष्टिक झोलाको उद्योगलाई कपडाको झोला उद्योगमा रुपान्तरणको तयारी

113
  •  
  •  
  •  

काठमाडौं, २६ असोज (ओएनएस) :  उद्योग मन्त्रालयले प्लाष्टिक झोला उत्पादन गर्ने उद्योगलाई कपडाको झोला उत्पादन गर्ने उद्योगमा रुपान्तरण गर्ने तयारी गरेको छ । प्लाष्टिकको प्रयोगलाई कम गर्ने उद्देश्यका साथ यस्तो कदम चालिएको मन्त्रालयले जनाएको छ । वातावरणमा असर गर्ने उत्पादनालाई विस्तारै हटाउने योजना अनुरुप सो कदम चालिएकोे मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले बताइन् ।
यस किसिमको कदमले कपडा तथा त्यसबाट तयार गरिने सामग्रीको समेत प्रवद्र्वनमा टेवा पुग्ने उनको भनाई छ । ‘प्लाष्टिक झोलाको उद्योगलाई कपडाको झोलामा रुपान्तरण गर्ने कार्य यथाशीघ्र गर्ने छां’ उनले भनिन् ।

यसका लागि व्यवस्थापिका संसद वातावरण संरक्षण समितिले निर्देशन दिइसकेको बताइएको छ । समितिले निर्देशन गरे अनुसार अध्ययनका लागि टर्म अफ रिप्रंmेन्स(टीओआर) सहित कार्यान्वयन योजना र बजेट प्रस्तुत गरिएको मन्त्रालयको वातावरण महाशाखाका सहसचिव ऋषी कोइरालाले बताए । ‘अब अर्थ मन्त्रालयबाट बजेट माग गरी योजना अनुरुपका कार्यहरु गर्न बाँकी छौं,’ उनले भने ।

त्यसैगरी मन्त्रालयले नेपाल पक्ष रहेका अन्तरराष्ट्रिय सन्धि मार्फत प्राप्त गर्न सक्ने सुविधा तथा सहुलीयत सम्वन्धमा अध्ययन गरी चरणबद्ध रुपमा उपयुक्त कार्यक्रम लागु गर्ने भएको छ । उद्योगलाई वातावरणमैत्री बनाउन एवं उत्पादकत्व अभिबृद्वि गर्न यस्तो कार्यक्रम लागु गर्न लागेको हो ।

यस आर्थिक बर्षमा उद्योगहरुमा कार्वन अडिटको सम्भावना,उर्जा क्षमता र प्रदुषण नियन्त्रण, इको लेभलिङ, वेष्ट टु इनर्जी सम्वन्धि सम्भाव्यता अध्ययन एवं उर्जा संरक्षण तथा अडिट सम्वन्धि कार्यक्रम आयोजना गर्ने भएको छ । अर्थ मन्त्रालय,वातवरण मन्त्रालय र परराष्ट्रमन्त्रालयको सहयोगमा सो कार्यक्रम आयोजना गर्न लागेको हो । हरुको कार्य योजना प्रस्तुत गरिएको छ ।

विदेशी दातृसंस्था र गैरसरकारी संस्थाहरुसँग छलफल एवं सहकार्य गरेर साधनस्रोत बृद्वि गरी उत्पादन क्षमता वा कार्यक्षेत्र फराकिलो बनाउने निणर्य उद्योग मन्त्रालयले गरेको छ ।


  •  
  •  
  •