४ अर्व लागतमा दोस्रो ठूलो स्वदेशी विद्युत आयोजना बन्ने

116
  •  
  •  
  •  

काठमाडौं, १५ असोज (ओएनएस) : सोलुखुम्वु जिल्लामा नेपालकै दोस्रो ठूलो विद्युत आयोजना बन्ने भएको छ । २३ दशमलव ५ मेगावाट क्षमताका सोलु हाइड्रोइलेक्ट्रिक आयोजना निर्माणको आधा काम सकिएको छ । अप्पर सोलु हाइड्रो कम्पनी प्राली आयोजनाको प्रवद्र्वक हो ।

२०१८ को जुलाइ १९ सम्ममा विद्युत उत्पादन गरी प्रसारण लाइनमा जोडिसक्ने आयोजनाका प्रवन्ध निर्देशक प्रविन श्रेष्ठले बताए । आयोजनाको मूख्य संरचना सन् २०१५ बाट सुरु गरिने उनले जानकारी दिए । ‘२०१५ लाग्ने वित्तिकै सुरु गर्ने तयारी गरिरहेका छौं ’ श्रेष्ठले भने ।

आयोजनाबाट १ सय ३२ दशमलव ५२ गिगावाट आवर विद्युत उत्पादन हुने छ ।आयोजना निर्माण गर्न ४ अर्व  १० करोड रुपैयाँ लगानी लाग्ने वरिष्ठ इन्जििनियर इन्चार्ज मार्कन्डेय न्यौपानेले बताए ।आयोजनामा ९ बैंक तथा वित्तिय संस्थाले ३ अर्व सात करोड लगानी गर्ने भएका छन् ।

आयोजनामा लक्ष्मी बैंक,नेपाल इन्भेष्टमेन्ट बैंक,एनएमवी बैंक, एभरेष्ट, एनआइसी एसिया, ग्लोवल आइएमी,लुम्विनी,सेन्चुरी  कर्मर्सियल बैंक तथा जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले वित्तिय कर्जा लगानी गर्न लागेका हुन् ।आईसीटीसी ग्रुप अन्तर्गतको आईसीटीसी इनर्जी प्रालिद्वारा प्रवद्र्वित सोलुको नेतृत्व प्रमुख कार्यकारी अधिकृत शशी सागर राजभण्डारीले गरेका छन् ।यसमध्ये ७५ प्रतिशत कर्जा तथा २५ प्रतिशत प्रवद्र्वकले स्वपुँजी लगानी गरेका छन् ।

आयोजनामा आइसीटीसी समूहको ८० प्रतिशत र ब्लु इनर्जी लिमिटेडको २० प्रतिशत स्वामित्व छ । कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०१३ मा विद्युत खरिद सम्झौता (पीपीए) मा हस्ताक्षर गरेको थियो । उर्जा मन्त्रालयले अप्पर हाइड्रो इलेक्ट्रिक कम्पनीलाई सन् २०१४मा विद्युत उत्पादन अनुमतिपत्र दिएको थियो ।


  •  
  •  
  •