काठमाडौं ,२६ असार(ओएनएस) । आर्थिक सर्वेक्षणले गत आर्थिक बर्षको तुलनामा चालु आवमा खाद्य पदार्थको मूल्य बृद्विदर घटेको देखाएको छ । आर्थिक बर्ष २०७०÷०७१ मा खाद्यपदार्थको मूल्य बृद्विदर १० दशमलव ८ प्रतिशत रहने आर्थिक सर्वेक्षणले देखाएको छ ।
अघिल्लो आव २०६९÷०७० मा यस्ता सामग्रीको मूल्यबृद्वि दर ११ दशमलव ३ प्रतिशत रहेको थियो ।
जसमध्ये अन्न तथा अन्नबाट बनेका परिकारको मूल्यबृद्वि ११ दशमलव ७ प्रतिशतले बढेको छ ।
जुन गतआवको तुलनामा करिव १ प्रतिशतले कम छ । त्यस्तै दालको मूल्यबृद्विदर गत आवमा १२ दशमलव ६ प्रतिशत रहेकोमा चालुआवमा आधाले कम अर्थात ६ दशमलव ८ प्रतिशत रहेको छ ।
तर मदिराजन्य तथा सूर्तिजन्य पदार्थ,तरकारी,फलफुललगायतको मूल्यवृद्वि भने गत आवको तुलनमा बृद्वि भएको छ ।
मदिराजन्य पदार्थको मूल्य बृद्विदर गत आवमा ४ दशमवल ४ रहेकोमा यो आवमा २२ दशमलव ५ प्रतिशतले बढेको छ ।
त्यस्तै यो आवमा २५ दशमलव ३ प्रतिशतले मूल्य बृद्वि भएको छ । अघिल्लो आवमा सूर्तिजन्य पदार्थको मूल्यवृद्वि ११ दशमलव ४ ले बढेको थियो ।
त्यसैगरी फलफूल र तरकारीको मूल्य वृद्विदर क्रमशः १४ दशमलव १ र १३ दशमलव १ ले बढेको सर्वेक्षणले देखाएको छ । त्यस्तै गैर खाद्य तथा सेवा समूहको मूल्य बृद्धिदर ७ दशमव १ प्रतिशत रहेको छ’ आर्थिक सर्वेक्षणमा उल्लेख छ ।