काठमाडौं,असार १९(ओएनएस) नेपालको अग्र्यानिक उत्पादन बंलादेश तथा कोरियामा हुने अग्रर्यानिक गोष्ठिमा प्रदर्शन तथा विक्रीका लागि मगाइएको छ ।
विहीवार दरवारमार्गस्थित प्रांगारिक कृषि केन्द अवलोकनको क्रममा विदेशी वैज्ञानिकहरुले नेपाली उत्पादन विक्रीका लागि मगाएका हुन् ।
यहाँको अग्र्यानिक उत्पादन अन्तरराष्ट्रिय बजारमा विक्रीका लागि उपयोगी रहेको भन्दै उनीहरुले विक्रीका लागि निम्तो दिएको केन्द्रले जानकारी दिएको छ । यसैगरी नेपाली अग्र्यानिक उत्पादनमा रसायनिक तथा विषादीको प्रयोग कम गरिएकोले स्वस्थकर रहेको उनीहरुले बताए ।
केन्द्रको नेपाल कर्णाली, श्रीलंका,कोरिया कम्बोडियालगायत १३ देशका १९ जना वैज्ञानिकहरुले अवलोकन गरेका थिए ।
सो अवसरमा उनीहरुले नेपालका अग्र्यानिक उत्पादनलाई एकै ठाउँमा राखेर विक्री र्ने अवधारणा मन परेको प्रतिक्रिया दिएका छन् ।
बैज्ञानिकहरु नेपाल एग्रिकल्चर रिसर्च काउन्सिल नार्कले) आयोजना गरेको ‘कन्ष्ट्रक्सन अफ द एशियन नेटवर्क फर सस्टेनेवल अग्र्यानिक फार्मिङ टेक्नोलोजिज’मा सहभागि हुन आएका हुन् ।
केन्द्रले नेपालका कर्णली,मनाङ,मुस्ताङ,दोलखालगायत जिल्लाका १ सय भन्दा बढी उत्पादन विक्री गर्दै आएको छ ।
केन्द्रमा मह,कफी,जुस,तरकारी, फलफुललगायत १ सय भन्दा बढी उत्पादन विक्रीका लागि राखिएको छ ।
यहाँबाट दैनिक १ लाख रुपैयाँ भन्दा बढीको अग्र्यानिक उत्पादन विक्री हुने गरेको केन्द्रका अध्यक्ष धर्मराज श्रेष्ठले बताए ।
विशेष गरी फलफुल जुस तथा महमा उपभोक्ताको आकर्षण रहेको उनले जानकारी दिए ।
साथै केन्द्रले चाडैँनै देशभर १९ ओटा भन्दा बढी शाखा विस्तारको तयारी गरेको बताएको छ । ‘हामीले उपत्यका भित्र २ ओटा र अन्य जिल्लामा १७ शाखा स्थापनाको तयारी गरिरहेका छौ’ उनले भने ।