पञ्चेश्वर बहुउदेश्यीय आयोजना निर्माणको प्रक्रिया अगाडी बढाउन नेपाली टोली भारत जाने

74
  •  
  •  
  •  

काठमाडौं, १९ असोज (ओएनएस) पञ्चेश्वर बहुउदेश्यीय आयोजना निर्माणको प्रक्रिया अगाडी बढाउन उर्जा मन्त्रालयको सचिव स्तरको टोली भारत जाने भएको छ । महाकाली नदीमा निर्माण गर्न लागिएको ६ हजार ७ सय २० मेगावाट क्षमताको विद्युत उत्पादन गृहको औपचारिक काम थाल्ने गरि नेपाल र भारत दुवै पक्षको साझा योजना बनाउन नेपाली टोली भारत जाने तयारीमा छ ।

झण्डै साढे ३ खर्ब रुपैया लाग्ने अनुमान गरिएको आयोजनाबाट नेपालले धेरै फाईदा लिन सक्ने भएकाले सकेसम्म छिटो निर्माण प्रक्रिया थालिने उर्जामन्त्रालयका प्रवक्ता केशवध्वज अधिकारीले  जानकारी दिए । दुई महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणगरेपछि १८ बर्षदेखि रोकिएको आयोजना निर्माणको लागि प्रक्रिया अगाडी बढाउने सहमति भएको थियो ।

आयोजना बन्ने क्रममा र बनिसकेपछि पनि महाकाली क्षेत्रका नागरिकले सजिलै रोजगारी पाउने छन् । आयोजनामा चाहिने अनुसारको जनशक्ति उत्पादन गर्न ती क्षेत्रका युवालाई विशेष तालिम दिने उर्जामन्त्रालयको तयारी छ । आयोजना निर्माणपछि उर्जा उत्पादनमा नेपाललाई बार्षिक ३५ अर्ब फाईदा हुनेछ भने त्यस क्षेत्रमा हुने सिँचाई सुविधाका कारण कृषिबाट ५३ अर्बभन्दा बढी फाईदा हुने उर्जा विद्हरुको अनुमान छ ।


  •  
  •  
  •