संघर्ष समितिले गण्डकले किसानको हितमा काम गर्न नसकेको आरोप

88
  •  
  •  
  •  

नवलपरासी, १५ असोज (ओएनएस): गण्डक नदी नियन्त्रण संघर्ष समितिले किसानको हितमा काम गर्न नसकेको आरोप लागेको छ । विगत १५ वर्षदेखि भएको बालीनालीको नोक्सानीको क्षतिपुर्ति नपाएका नवलपरासीका गण्डकवासीहरु गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले किसानको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

विगत लामो समयदेखि अस्तित्वमा रहेको भएपनि गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले आफुलाई नारामा सिमित राखेको र मर्कामा परेका किसानलाई सहयोग गर्न नसकेपछि  समितिको कार्यशैली प्रति सवाल उठन थालेको गण्डक पीडितहरु बताएका छन् । समितिका पदाधिकारीहरु गण्डक पीडितको समस्याप्रति गम्भिर हुनुको साटो भोज भतेरमा लागेको र भारतीय सम्बद्ध अधिकारीसंग हेलमेल बढाएको छ ।

क्षतिपुर्ति पाउने सस्तो तथा लोकप्रिय नारा दिएर हजारौं किसानबाट फाराम भराएको लामो समय बितिसक्दा पनि क्षतिपुर्ति नपाएपछि गण्डक क्षेत्रका १३ गाविसका स्थानीयवासी किसानमा अहिले चर्चाको विषय बनेको छ । नेपालमा भारत सरकारले बनाएको सिंचाईका संरचनाले उत्पन्न गरेको कटान तथा डुबान जस्ता समस्यामा परेर बालीनालीका साथै उब्जाउ जग्गा गुमाएका पीडित किसानहरुको हकहितका लागि काम गर्न नसके समिति जवाफदेही हुनुपर्ने माग उठेको छ ।


  •  
  •  
  •