विना गुणस्तर चेक जाच भारतबाट अवैध खाद्यान्न नेपाल भित्रिन्छन

243
  •  
  •  
  •  

रौतहट, ११ असोज (ओएनएस) : विना गुणस्तर चेक जाच भारतबाट अवैध खाद्यान्न नेपाल भित्रने क्रम बढेको छ । प्लान्ट क्वरेन्टाइन चेक जाच भएपछि मात्रै खाद्यान्न साम्रगी आयात निर्यात गर्ने कानुनी प्रावधान भएपनि गौर भन्सारको मुख्य नाका हुदै विना चेक जाचकै भारतीय खाद्यान्नहरु नेपाल भित्रिदै छ ।

हाल भन्सार प्रमुख विहिन रहेको गौर भन्सारमा प्लान्ट क्वरेन्टाइन चेक जाच हुर्ने व्यवस्था नरहेपनि निमित भन्सार प्रमुख टिका डुगानाको मिलिमतोमा यस नाका हुनै दैनिक ५ ट्रक चामल, दाललगायतका खाद्यान्नहरु नेपाल भित्रिने गरेको छ । भन्सारकै मुख्य गेट अगाडी भारतीय ट्रकबाट नेपाली ट्रकमा अनलोड भईरहेको भएपनि भंसार कर्मचारी गंगा अधिकारीले भने आफूलाई केहि थाहा नभएको बताएका छन् ।

पछि नेपाल प्रहरी उपरिक्षक सानु वावु थपलियालाई यस सन्दर्भमा जानकारी गराउदा ट्रकलाई नियन्त्रणमा लिई दालको नमुना चेक जाचको लागि पठाउने भनेर जानकारी दिए । । यसरी अवैध रुपमा बिना गुणस्तर परिक्षणको खाद्यान्न नेपाल भित्रिदा नेपाली उपभोक्ताहरु गुणस्तरहिन खाद्यान्न प्रयोग गर्न बाध्य भएका छन् ।


  •  
  •  
  •