‘विद्युत ऐन आवश्यक छ’

91
  •  
  •  
  •  

काठमाडौं, ८ असोज (ओएनएस) : कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले विद्युत ऐन ल्याउन आफु प्रतिबद्व रहेको बताएका छन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघले आयोजना गरेको छलफल कार्यक्रममा उर्जा क्षेत्रका सबै साझेदारहरुको भुमिका र जिम्मेवारी कानुनमा व्यवस्था गर्न ऐन आवश्यक भएको बताए ।

‘ग्रामिण विद्युतीकरणको विकासका लागि विद्युत ऐन संसोधिकरण आवश्यक’ छ उनले भने । कार्यक्रममा महासंघका महासचिव नारायण ज्ञवालीले जलविद्युत विकास र प्रतिफलमा सवै नेपालीलाइ हिस्सेदार बनाउन तथा उर्जा संकट समाधान र उर्जा क्षेत्रमा सुधार ल्याउन आवश्यक भएको बताए । २०६५ सालमा सरकारले विधेयक पेश गरेको भएपनि हालसम्म पारित नभएको बताए ।

‘लामो समय उर्जा क्षेत्रमा राज्यको प्राथमिकतामा नपरेको कारण विद्युत ऐन आउन नसकेको हो ’ उनले भने । साथै प्रस्तावित ऐन जतिसक्दो चाँडै लागुवर्न माग गरे । कबार्यक्रममा सहभागी सभासद तथा जलस्रोत विज्ञहरुले प्रतिवद्वता जनाएका थिए ।


  •  
  •  
  •