‘सरकारको नीतिगत समस्याका कारण कालोबजारी’

111
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : उपत्यकाका सम्पूर्ण व्यावसायिक संघ संस्थाहरुले वाणिज्य विभागबाट हुने अनुगमनमा खरिद तथा विक्रि विल नदाँज्न आग्रह गरेको छ ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा विभिन्न व्यावसायिक संघ संस्थाहरुले संयूक्त रुपमा पत्रकार सम्मेलन गर्दै हालै वाणिज्य विभागले गरेको अनुगमनमा व्यावसायिकहरुको कुनै आपत्ति नरहेको स्पष्ट पारेको छ ।

यद्यपी संघले राज्यकै नीतिगत समस्याका कारण खरिद तथा विक्रि विलमा अन्तर ठूलो आएकोले व्यावसायीहरु कालाबजारी जस्तो देखिएको आरोप लगाउँदै अनुगमनमा खरिद विल र विक्रिविलको फरक भन्दा पनि न्यून विजकीकरणले निम्त्याएको समस्या भएको स्पष्ट पारेको छ ।

विशालवजार व्यापार संघका अध्यक्ष कुमार राजभण्डारीका साथै उपत्यकाका सम्पूर्ण व्यावासायिक संघ संस्थाहरुको प्रतिनिधिले अनुगमनको नाममा देखिएको फरक मूल्यको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्न सम्बन्धित निकायलाई अपिल गरेकाछन् । संघका अध्यक्ष राजभण्डारीले भने–‘‘बस्तुको मूल्य वास्तविक हुनुप¥यो र भन्सारको दर घटाउनुपर्छ । ’’


  •  
  •  
  •