सुपथ मूल्य पसल सुरु भयो

123
  •  
  •  
  •  

काठमाडौं, १ असोज (ओएनएस) : चाडपर्वमा खाद्यवस्तुको आपूर्तीमा विचलन हुन नदिने उद्देश्यले सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । बुधवार देखि सुरु भएको पसलको वाणिज्य तथा आपूर्ती मन्त्री सुनिलबहादुर थापाले उद्घाटन गरे । उनले सुपथ मूल्य पसललाई अझ सशक्त बनाउनुपर्ने बताए । साथै चाडपर्वमा दैनिक उपभोग्य सामग्री अभाव नहुने जानकारी दिए । ‘हामीले स्टक भेरिफाइ गरिसकेका छौ, उपभोक्ताले निर्धक्क सामग्री खरिद गर्दा हुन्छ’ उनले भने । सो अवसरमा उनले लत्ता कपडालाई पनि सुपथ मूल्य पसलमा राख्नुपर्ने बताए ।

बजारमा मूल्यलाई स्थीर गर्ने तथा विचौलीयलाई चलखेल गर्न नदिन सरकारले हस्तक्षेपकारी भुमिकाका रुपमा सुपथ मूल्य पसल सञ्चालन गरेको वाणिज्य विभागका महाप्रवन्धक नारायण विडारीले बताए । चाडपर्वमा कार्टेलिङ तथा कालाबजारीको समस्या हुने गरेकोमा त्सको समाधानका लागि यस्तो पसल सञ्चालन गरेको उनले जानकारी दिए । उनका अनुसार व्यवसायीहरुलाई कमसेकम मुनाफा राखेर सामग्री विक्री गर्न अनुरोध गरेको छ । त्यसका लागि विभिन्न जिल्लाका बस्तुगत तथा उद्योग वाणिज्य संघलाई पहल गरेको विडारीले बताए । ‘अनुरोध गर्दागर्दै कालाबजारी वा अनियमितता ढंगले मूल्य बृद्वि गरेमा कारवाही गछौं उनले भने ।

सरकारले उपत्यका भित्र ९ स्थान र बाहिर ६३ स्थानमा यसप्रकारको पसल सञ्चालन गर्ने बताएको छ । सरकारले खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ तथा दुग्ध विकास संस्थानलाई सुपथ मूल्य सञ्चालनका लागि निर्देशन दिएके थियो । उपत्यका भित्र सतुंगल, कालीमाटी,बल्खु, कोटेश्वर,सूर्यविनायक, नख्खु,कालिमाटी,बग्गीखाना तथा टेकुमा यस्तो पसल सञ्चालन गर्ने बताएको छ । साल्ट ट्रेडिङले उपत्यका र बाहिर २४ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने बताइएको छ । साथै मोवाइल भ्यान बाट दैनिक रुपमा सामग्री विक्री गर्ने जानकारी दिएको छ । सुपथ मूल्य पसलमा विभिन्न खाद्यवस्तुमा छुट दिइएको छ । सुपथ मूल्य पसलमा नुनमा २ रुपैयाँ,चिनीमा ५ र चामलमा २ रुपैयाँ र घयुमा १० रुपैयाँ छुट दिइएएको छ । चामलमा छुट न्युन भएकोले त्यसलाइ बढाउन पहल गरिएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ । छुट दिइएको छ । पसल कार्तिक १५ गतेसम्म सञ्चालन हुने बताइएको छ ।


  •  
  •  
  •