सिन्डिकेट तत्काल अन्त्य नगरे आन्दोलन गर्ने होटल व्यवसायी महासंघ नेपालको चेतावनी

158
  •  
  •  
  •  

काठमाडौं, ३१ भदौ (ओएनएस) : होटल व्यवसायी महासंघ नेपालले नेपाल सरकारले एयरपोर्टमा हरियो नम्बर प्लेटको सिन्डिकेट लादेको भन्न्दै तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै महासंघले त्रिभूवन विमानस्थलको पार्किङ् क्षेत्रमा हरियो नम्बर प्लेटका सवारी साधन मात्रै चलाउने गरि सिन्डिकेट लागू गरेको भन्दै आपत्ति प्रकट गरेको हो । महासंघले हरियो नम्बर प्लेटका सवारी साधनहरुले विमानस्थल व्यवस्थापन पक्षलाई समेत प्रभावमा पारी सिन्डिकेट लगाएको भन्दै विरोध जनाएको छ ।

होटल व्यवसायी महासंघका अध्यक्ष अमृत भुजेलले एयरपोर्टमा हरियो नम्बर प्लेटका सवारी साधानहरुले मनलाग्दी चर्को भाडा लिएको तथा होटल व्यवसायहीहरुलाई अभद्र व्यवहार गरेको बताएका छन् । उनले होटल व्यवसायी अन्र्तगत सञ्चालित सवारी साधनहरुलाई विमानस्थल प्रवेशमा अनावाश्यक रोक लगाउन खोजेको भन्दै तत्काल विमान स्थलमा देखिएको सिन्डिकेट अन्त्ग गर्न चेतावनी दिएका छन् ।

होटल यवसायी संघ काठमाडौका अध्यक्ष शेर बहादुर थापाले होटल व्यवसायीहरुले मात्रै नभए एयरपोर्टमा आम नागरिकहरुले समेत अनावाश्यक समस्या भोग्नुपरेको बताएका छन् । आफ्नो स्वईच्छाले कुनै सवारी साधन एयरपोर्ट िभित्र जान नपाउने भन्दै थापाले यस्तो बन्देजको घोर आपत्ति समेत जनाएका छन् । उनले भने–समग्र एयरपोर्टमा पाल्ने आन्तरिक तथा बाहृय पर्यटकहरु अहिले सिन्डिकेटको मारमा परेका छन् । नेपाल सरकार सम्बन्धित निकायमा तथा संसदमा समेत यो कुरो उठाउन माँग गर्दछु ।

त्यस्तै पर्यटन यातायात समितिका महासचिव देउमान लिम्बुले एयरपोर्टमा भएको ज्यादतीको बाबजूद आवाश्यक परेमा राज्यले यदि सहमतीको आधारमा सस्तो सुलभ मूल्य भाडादरमा आउने पाहुनाहरुलाई पर्यटन यातायात संघसँग सहकार्य भयो भने आफूहरु त्यो सुविधा दिन तयार रहेको समेत प्रष्ट पारेका छन् ।

पर्यटन यातायात संयोजक लिला प्रसाद ढकालले एयरपोर्ट देखि चक्रपथ जाँदा हरियो प्लेटको लिएको भाडादर ९ सय देखि १५ सय र २ हजार सम्म लिँईदै आएको भन्दै सरकारको र सम्बन्धित निकायले कुनै चासो नदेखाएको भन्दै आपत्ति जनाएका छन् । उनले काठमाडौं देखि पोखरा सम्म जाँदा २ सय कि.मि. सम्मको भाडा रु ५ सय रुपैया मात्रै भएको तर काठमाडौं देखि काँकडभिट्टा सम्म जाँदा १००० मात्रै लाग्ने बताउँदै भाडामा समेत समानता नभएको आरोप लगाएका छन् ।


  •  
  •  
  •