प्राधिकरणका म्यादी कर्मचारीलाई स्थायी बनाउने प्रक्रिया थालिने

65
  •  
  •  
  •  

काठमाडौं , ३० भदौ (ओएनएस) : उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका म्यादी कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया सुरु गर्न लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोक लगाएपनि प्रतियोगितात्मक प्रतिस्पर्धा चाँडै नै सुचारु ह्ुने मन्त्रालय स्रोतले बताएको हो । अख्तियारसँग सो विषयमा छलफल भइसकेको र मन्त्रालयलाई अनुमतिसहितको पत्र प्राप्त हुने बताइएको छ ।

प्राधिकरणले २०६३ सालबाट आन्तरिक र खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको व्यवस्था गरेको थियो । तर २०५९ सालमा प्रतियोगितामा चलखेल भएको भन्दै आयोगले रोक लगाएको थियो । हालसम्म सुचारु हुन सकेको छैन । प्राधिकरणमा कार्यरत ६ सय ५८ म्यादी कर्मचारीले लामो समयदेखि स्थायीसहित सेवासुविधाको माग गर्दै आएका छन् । ‘हामीले स्थायीले पाउने सेवा सुविधा माग गरेका छौ’ म्यादी कर्मचारी संघर्ष समितिका सचिव रमेश चापागाइले भने ।

म्यादी कर्मचारीले मासिक तलव र दशैंमा पेस्की र विरामी विदा बाहेक अन्यसुविधा पाएका छैनन् । ‘हाम्रो बीमा समेत गरिएका छैन’ उनले भने । म्यादी कर्मचारीले गत बिहीवार प्राधिकरणमा धर्ना बसेपछि प्राधिकरणले १० बर्षभित्र विज्ञापन निकाल्ने बताएको छ ।


  •  
  •  
  •