काठमाडौं, २३ भदौ (ओएनएस): ग्यास उद्योगी व्यवसायी र सरकारवीच सोमवार वार्ता हुँदै छ ।
आइतवारको वार्ता निष्कर्ष विहीन टुंगिएको थियो । ग्यास उद्योगीहरुविगत केही दिनदेखि ग्यासको कोटा बढाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् । ग्यासको कोटा ३० हजार टनसम्म बढाउनुपर्ने माग उनीहरुको माग छ । सरकारले माग पुरा नगरेसम्म आन्दोलन जारी राख्ने एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । व्यवसायीहरुले माग पुरा नगरे ढुवानी बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
सरकारलाई दवाव दिने उद्देश्यले उद्योगीहरुले केही दिन भित्रैग्यास आपूर्ती ठप्प पार्ने कार्यक्रम समेत सार्वजनिक गरेका थिए । व्यवसायीहरुले सोमवारसम्म माग पुरा नभए मंगलवारदेखि ढुवानी बन्द गर्ने चेतावनी समेत दिएका थिए । निगमका अनुसार दशै तथा तिहारको समयमा मात्र करिव २१ हजार टनसम्म खपत हुने गरेको छ ।