सार्वजनिक लेखा समितिद्वारा जानकारी माग

65
  •  
  •  
  •  

काठमाडौं, २० भदौ (ओएनएस) : सार्वजानिक लेखा समितिको आजको बैठकले सशस्त्र प्रहरी बलको गोलीगठ्ठा खरिद, काठमाडाँै महानगरपालिकाको टावर खरिद, नेपाल पर्यटन बोर्डको अनियमितता, नक्कली भ्याट, सुपारी निकासीका विषयमा सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ(एन्फा)को पाँच आर्थिक वर्षका आयव्ययको विवरण (बंैकिङ कारोबार), खर्च गर्ने कार्यविधि, सङ्घका नाममा रहेको रकम, ब्याज र आम्दानीको हिसाब पेस गर्न पनि सङ्घलाई बैठकले निर्देशन दिएको छ ।

ती विषयमा सरकारसँग जानकारी माग गर्ने निर्णय गरिएको समितिका सभापति जनार्दन शर्माले संचारकर्मीलाई जानकारी दिए ।

बैठकमा समितिका सदस्य उषा गुरुङ, टेकबहादुर बस्नेत, रामहरि खतिवडा, दीपक बोहरा, आनन्दप्रसाद ढुङ्गाना, पार्वती चौधरीलगायतका सदस्यले एन्फामा भएका भनिएका भ्रष्टाचारका विषयमा छानबिन गर्न माग गरेका थिए ।


  •  
  •  
  •