‘सवारी उद्योग स्थापना गर्नुस , सहयोग सरकारले गर्छ ’ अर्थमन्त्री

445
  •  
  •  
  •  

काठमाडौं १८ भदौ (ओएनएस) :  अर्थमन्त्री डा रामशरण महतले नेपालमा सवारी साधनको उद्योग स्थापना गर्नुपर्ने बताए । सवारीको आकर्षण बढ्दै गएकोले गाडी आयात गर्नुभन्दा पनि उत्पादनतर्फ लाग्न व्यवसायीहरुलाई सुझाव दिए । बुधवारदेखि सुरु भएको नाडा अटो शोको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सवारी साधन ‘एसम्वलिङ’ सुरु गरिहाल्न सुझाए । ‘तपाई गाडीको एसेम्व्लिङ सुरु गर्नुस, सरकार सक्दो सहयोग गर्न तयार छ’ उनले भने । गाडी उत्पादनमा लाग्नेहरुलाई सरकारको तर्फबाट सवै किसिमका सुविधा प्रदान गरिने उनको तर्क थियो ।

सो अवसरमा नाडाका अध्यक्ष शेखर गोल्छाले भन्सार तथा अन्तःशुल्क नलागेको अवस्थामा स्वदेशमा गाडी एसेम्वल गर्न सकिने बताए । ‘सरकारले कुल ८० प्रतिशत भन्सार अन्त शुल्क,सडक मर्मत सम्भार भनेर लगाएको छ’ उनले भने ‘ भन्सार दर तथा अन्तशुल्क घटाएको अवस्थामा गाडी एसेम्वलका लागि लगानी गर्न हामी तयार छौं ं । ’ साथै विजुली तथा श्रम समस्या अटो व्यवसायको चुनौतीको रुपमा रहेको उनले बताए ।

nada 2बुधवारदेखि सुरु भएको अटो शोमा अधिकांश कम्पनीले नयाँ प्रडक्ट सार्वजनिक गरेका छन् । मेलामा धेरै ग्राहक तथा गाडीका पारखीहरुको जमघट हुनेभएकोले नयाँ सवारी साधन प्रदर्शन गरिएको व्यवसायीहरु बताउँछन् । सुजुकीको सेलीरियो, होण्डाको मोविलियो, फोक्सवागनको टुएर्ग तथा टोयटाको इटीओस क्रस, हुण्डाईको एक्सेन्टलगायत सार्वजनिक गरिएको छ ।

साथै विभिन्न कम्पनीहरुले गाडी खरिदमा विशेष छुट प्रदान गर्ने भएका छन् । प्रदर्शनीमा विभिन्न कम्पनीले आफ्ना प्रोडक्टको खरिदमा नगद छुट तथा इन्स्योरेन्सलगायत सुविधा प्रदान गरेका छन् । प्रदर्शनीमा अटो. स्पेयर पार्टस,जेनेरेटर, वित्तिय संस्थालगायतको स्टल रहेका छन् । अटो शोका अधिकांश स्टलमा मोडल बुधवारदेखि सुरु भएको अटो मेलाका अधिकांश स्टलमा मोडल देख्न पाइन्छ ।


  •  
  •  
  •