सुपारी निर्यातमा महासंघको एकाधिकार छैन :पाण्डे

84
  •  
  •  
  •  

fncciकाठमाडौं १६ भदौं (ओएनएस): नेपाल उद्योग वाणिज्य महासंघले आफु माथि सुपारी निर्यातमा महासंघको एकाधिकार रहेको भन्ने आरोप निराधार भएको बताएको छ । सुपारी तस्करीमा संलग्न भएको आरोप पनि अपुष्ट रहेको महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले बताए ।

महासंघले नेपाल सुपारी विकास संस्थाको सिफारिसमा आफ्ना सदस्य संघलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्न निर्देशन विगतदेखि नै दिने गरेको बताएको छ । ‘पुराना किसान संघलाई मान्यता दिइएको हो, एकाधिकार गरिएको होइन’ पाण्डेले भने ।

कम्तीमा १ बर्ष अगाडी स्थापना भएका उद्योगलाई मात्र उत्तपतीको प्रमाणपत्र दिएको उनले जानकारी दिए । झापा र मोरङ बाट भारततर्फ निर्यात गरिने सुपारीको उत्पत्तिको प्रमाणपत्र दिनेसम्वन्धि सिफारिसमा कृषि मन्त्रालयका विज्ञहरुले गरेको सिफारिसलाई समेत लत्याएर एकाधिकार रहेको व्यवसायीहरुले आरोप लगाएका थिए ।table jpg

त्यस्तै झापा मोरङलगायत पूर्वी नेपालबाट हुेन सुपारी तस्करीमा महासंघका नेतृत्वको संलग्नता रहेको आरोप लगाएका थिए । झापा जिल्लामा दर्ता भएका राष्ट्रिय सुपारी खेती प्रवद्र्वन एवं कृषि विकास संघ नेपाल,विर्तामोड र अनारमनी फलफुल नगदेवाली तथा सुपारी विकास संस्था,नमुना झापा सुपारीवाली विकास संस्था झापा सुपारी वाली विकास संस्थालगायतले , नेपालमा उत्पादित सुपारी भारत निकासीका लागि सिफारिस गरिपाँउ भन्ने निवेदन दिएका थिए । तर यी संस्था दर्ता भएको समय धेरै नभएकोले प्रमाणपत्र नदिएको महासंघले जानकारी दिएको छ ।

महासंघले २०७१ भदौ ९ गते नेपाल सुपारी खेती विकास संस्था र उत्तरी मोरङ खेती विकास संस्थाको सिफरिसमा नै उत्तपत्तिको प्रमाणपत्र जारी गर्न पत्र पठाएको बताएको छ ।


  •  
  •  
  •