ग्रीन नेपालले कृषि क्षेत्रमा पनि काम गर्ने

288
  •  
  •  
  •  

काठमाडौं, १० भदौ (ओएनएस) : शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील संस्था ग्रीन नेपाल मानव विकास अन्तर्राष्ट्रिय मैत्री संस्थाले आफ्नो छैठौं बार्षिककोत्सव मनाएको छ । ग्रीन नेपालले कृषि विकासका क्षेत्रमा पनि काम गर्न प्रारम्भ गरेको संस्थाले कृषि विकास र अग्र्यानिक खेतीलाई समेत आफ्नो कार्यसूचीमा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

कार्यक्रमका विशेष अतिथि पूर्व सहसचिव यादव खनालले ग्रीन नेपाल दक्षिण कोरिया र नेपाललाई जोडने महत्वपूर्ण संस्था भएको बताए । उनले नेपालको कृषि विकासमा जोड दिन दक्षिण कोरियासंग सहयोग लिने हो भने त्यसले नेपालको कृषि विकासलाई उच्च बिन्दुमा पु¥याउँदै आर्थिक रुपमा नेपाललाई सबल बनाउने धारणा व्यक्त गरे । उनले ग्रीन नेपालको सम्वन्ध दक्षिण कोरियासंग राम्रो भएकोले कृषि क्षेत्रलाई बढावा दिन कोरियाबाट कृषि प्राविधिज्ञहरु भित्र्याउन ग्रीन नेपालले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

ग्रीन नेपालका अध्यक्ष हिराबहादुर कार्कीले ग्रीन नेपालले गरेको कामहरुका बारेमा बताउँदै नेपालको आर्थिक विकासका लागि युवा शक्तिहरुनै सक्रिय हुनुपर्ने विचार राखे । उनले कृषि विकासबाटै नेपालको आर्थिक समृद्धिलाई उचाईमा लान युवाहरुले आफूलाई नेपालमै क्रियाशील गराउनु पर्ने बताए । उनले कृषि विकासका लागि आफ्नो संस्थाले होस्टेमा हैंसे गर्ने बताए ।कार्यक्रममा प्राडा मनिन्द्रप्रसाद गोर्खालीले ग्रीन नेपाल मार्फत नगरकोटको स्वास्थ्य चौकीलाई निशुल्क औषधि प्रदान गरेका थिए । कार्यक्रममा प्राडा गोर्खाली, रामेश्वर कार्की, श्याम कायस्थ, सिम्रिकलाल श्रेष्ठ, गोपाल श्रेष्ठले पनि बोलेका थिए ।


  •  
  •  
  •