अरु कुनै दलले मान्न नसक्ने उद्योग बन्द गरी विद्युत कार्यालयमा डेलिगेशन

352
  •  
  •  
  •  

चन्द्रकान्त खनाल
रुपन्देही ८ भदौ (ओएनएस) : बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरु विद्युत समस्याबाट धेरै पीडित भएको भन्दै आइतवार उद्योग बन्द गरी विद्युत कार्यालयमा डेलिगेशन गएका छन । उनीहरुले तत्काल विद्युत समस्या हल गर्न माग गर्दै विद्युत कार्यालयको गंभिर ध्यानाकर्षण समेत गराए ।

औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलिले बढ्दो विद्युत कटौटीले उद्योग सञ्चालन गर्ने बातावरण नरहेको भन्दै उद्योग सञ्चालनको वातावरण वनाउन विद्युत आपूर्तिमा गंभिर बन्न विद्युतका अधिकृतहरुलाई ध्यानाकषण गराए ।

अनियमित लोडसेडिङ्ग , ट्रिपिङ्ग र लो भोल्टेज समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणले कुनै चासो नदेखाएको भन्दै उनीहरुले बाध्य भएर डेलिगेशन आउनुपरेको बताए । विद्युत समस्याले उद्योगहरु बन्द गर्नुपर्ने अवस्था श्रृजना भएको, करोडौंको मेशिनरीहरु विग्रदै गएको तथा आम उपभोक्ताको जनजीवनमा समेत कठिनाई सिर्जना भएको भन्दै तत्काल समाधानका उपाय खोज्न माग गरे । औद्योगिक क्षेत्रका लागि छुट्टै फिडरबाट विद्युत माग गरेको दशक भन्दा पनी बढी हुदा अझै सेवा नपाएको भन्दै तत्काल कार्यान्वयन गर्न उनीहरुले माग गरे ।

अध्यक्ष गणेश अधिकारीले औद्योगिक क्षेत्रमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको भन्द ै तत्काल छुट्टै फिडरबाट विद्युत वितरणको काम थाल्न माग गरे । उद्योगीहरु निकै पीडादायी अवस्थामा रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा उद्योग सञ्चालन गर्नै नसकिने बताए । त्यस्तै नेपा औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष तिलप्रसाद भट्टराईले ०६१ सालदेखि विद्युतको समस्या हल गर्न माग गर्दै आएपनि कुनै सुनुवाई नभएको गुनासो गरे ।

उद्योगीहरुलाई फुटवल जस्तै वनाउने काम भएको भन्दै उनले यताबाट उता जानुस उताबाट उता भन्ने जस्ता काम सरकारी निकायबाट हुन नहुनेमा जोड दिए । सो अवसरमा उद्योगीहरु उप्रेन्द्र अग्रवाल, नेत्र भण्डारी, हिरामणी भट्टराइलगायतले उद्योग सञ्चालनमा विद्युतले पारेका समस्या राखेका थिए ।


  •  
  •  
  •