काठमाडौं, २० साउन (ओएनएस) : रसुवाका स्थानीय बासिन्दाले चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध संचालक कुलमान घिसिङ्लाई २८ गतेसम्म पूनरवहाली नगरे ३० गतेदेखि अनिश्चितकालिन रसुवा बन्दको घोषणा गर्ने चेतावनी दिएका छ ।
उर्जामन्त्री राधा ज्ञवालीले ठाडो आदेशमा विना कारण घिसिङलाई हटाएको भन्दै स्थानीय वासिन्दाहरु २० दिनदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरुले उर्जामन्त्री ज्ञवालीलीको निर्देशनमा विद्युत प्राधिकरणका निर्देशकहरुलाई नियुक्ती गरेको विरुद्धमा पनि सशक्त रुपमा विरोध गर्दै आएका छन् । स्थानीयहरुले पूर्वाग्रही रुपमा चिलिमेका प्रबन्ध संचालक घिसिङ्लाई हटाएको भन्दै विनासर्त अविलम्ब पूनरवहाली गर्नुपर्ने, नेपाली जनताको लगानी रहेको चिलिमेमा उर्जामन्त्रीको ठाडो हस्तक्षेप रोकिनुपर्ने लगायतका ९ बुँदे माग अघि सारेका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै रसुवा जिल्लाका सम्पूर्ण जिल्लावासीहरुले चिलिमे विद्युत कम्पनीमा उर्जामन्त्रीले हस्तक्षेप गरेको आरोप लगाउँदै तत्काल निर्णय फिर्ता नलिए आफूहरु कडा भन्दा कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । उर्जामन्त्रीद्धारा गरिएको हस्तक्षेपको विरुद्धमा ऐक्यबद्धता जनाउँदै रसुवाका सवै राजनीतिक दलका प्रतिनिधिहरुले एकै स्वरमा मन्त्रीले तत्काल निर्णय फिर्ता लिई कुलमान घिसिङ्लाई पूनरवहाली गर्नुृपर्ने साझा धाराणा राखेका छन् ।
नेपाली काँग्रेस रसुवा जिल्ला सभापती लामा कर्पाले उर्जामन्त्री राधा ज्ञवालीले रसुवाली जनताको भावावना माथि खेलबाड गरेको आरोप लगाँउदै निर्णय तत्काल फिर्ता नलिए आफूहरु सशक्त आन्दोलनको आँधी बेहरीबाट हटाउन बाध्य हुने चेतावनी दिए । उनले भने–अहिले रसुवाली जनताहरु २० दिनदेखि आन्दोलनमा छन्, तर मन्त्रीलाई यसवारे कुनै चिन्ता छैन् । मन्त्री ज्ञवाली जलमाफियाहरुको चगुँलमा फस्नुभएको छ । कमिशनखोरीहरुको लोभमा उहाँले यस्तो निर्णय लिनुभएको कुरा घामजस्तै छर्लङ् छ ।
एकिकृत माओवादीका प्रतिनिधि एवम् पूर्व सभासद प्रेम बहादुर तामाङ्ले आफूहरुको आन्दोलन केवल कुलमान घिसिङ्लाई हटाएर कुनैपनि जलविद्यबुतका आयोजनाहरु अघि बढ्न नसक्ने ठोकुवा पनि गरे । उनले आफूहरुको जायज माँग मन्त्री ज्ञवालीले नसुने जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । नेपाली लगानीमा बन्न लागेका आयोजनाहरुलाई तुहाउने र कमिशनखोरको चुँगुलममा फसेर मन्त्रीले यस्तो निर्णय गरेकोमा तामा्ङले घोर आपत्ति जनाएका छन् ।
त्यस्तै नेपाल आदिवासी जनजाति महासंघ रसुवाका अध्यक्ष ल्हाक्पा तामाङ्ले आफूहरु आफ्नो शेयर माथिको अधिकार सुनिश्चि गर्न, कुशल व्यवस्थापक कुलमान घिसिङ्लाई काम गर्न दिन, जनताको लगानी रहेको विकास ओजनाहरुमा राजनीतिक हस्तक्षेप बन्द गर्न र जलमाफिया र कमिशनखोरी विरुद्ध लड्न आन्दोलनमा होमिएको बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस रसुवाका जलश्रोत विभागका संयोजक जनक जीवन उपाध्याय, संघिय गणतान्त्रिक समाजवादी पार्टी रसुवाका ईन्चार्च तेम्बे्रल तामाङ, नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी रसुवाका प्रतिनिधिहरुले पनि आ–आफ्नो धाराणा राखेका थिए ।