काठमाडौं, १८ साउन (ओएनएस): भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतले बिजुली किन्न चाहेको बताएका छन् । भारतबाट प्रस्तावित बिद्युत व्यापार सम्झौताको चर्चा चलिरहेको समयमा मोदीले भारतले विद्युत किन्न चाहेको बताएका हुन् ।
मोदीले ‘पानी र जवानी’ पहाड जस्तो नभएको किस्सा सुनाउदै नेपालले बिद्युत बेचेर समृद्धि हासिल गर्न सक्ने बताएका हुन् । ‘अहिले नेपालले व्यहोरिरहेको लोडसडिङ हामी हटाइदिन्छौ, दश बर्षपछि नेपालले भारतको अध्यारो हटाउने छ’ संवोधनमा उनले भने ।
नेपालमा जन्मेका बुद्धले विश्वभरका जनताको मनको अध्यारो हटाएको स्मरणगर्दै मोदीले नेपालको बिजुलीस्ले भारतको अध्यारो हटने विश्वास गरे । उनले नेपालको प्रशारण लाइन बिस्तारमा सहयोग गर्ने बताए ।