‘सिमा,सुरक्षा र डुवान मुख्य समस्या’

520
  •  
  •  
  •  

 
काठमाडौं, १६ साउन (ओएनएस) : आगामी १८ गते नेपाल भ्रमणमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग देशको सिमा, सुरक्षा र मधेस डुवानका विषयमा कुरा राख्न सरोकारवालाले आग्रह गरेका छन् । राष्ट्रियताको पक्ष कमजोर भएको भन्दै उनीहरुले राष्ट्रिय स्वार्थलाई पहिलो विन्दुमा राख्न पनि आग्रह गरेका छन् ।

मिडिया इन्टरनेसनलले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बरिष्ठ सिमाविद डा.वुद्धिनारायण श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग केहि माग्ने भन्दा पनि नेपाल र भारतको सम्बन्ध नविग्रनेगरी राष्ट्रियताको पक्षमा कुरा राख्न आग्रह गरे ।

उनले भारतका प्रधानमन्त्री नेपाल आउँदा नेपालका प्रधानमन्त्रीले नेपाल र भारतको सिमा बलियो बनाउन मोदी समक्ष आग्रह गर्नुपर्ने मुख्य विषय बनेको उल्लेख गर्दै सिमाक्षेत्रमा अपराधिकरण बढ्दै गएको कुरालाई उठानुपर्ने बताए । देशको राष्ट्रियता कम्जोर बन्दै गएको उल्लेख गर्दै उनले तराई ढुवान र सिमा व्यबस्थापन देशको लागि प्रमुख प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा जनमोर्चा नेपालका महासचिब साध्यबाहादुर भण्डारीले माथिल्लो कर्णाली परियोजनामा राष्ट्रघाती कदम भएको उल्लेख गर्दै देशलाई नै घाटा पर्नेगरी भएका सन्धि संझौता खारेजीमा जोड दिए ।

उनले भारतले एक पक्षिय स्वार्थ राखेर गरएिका संझौताले मुलुकलाई दिर्घकालीन रुपमा असर गर्ने बताए । अहिले नेपालले पिटिएको कुरा जति नै चलाएपनि त्यो कुरालाई भारतले कहिलै पनि नउठाउने बताउँदै उनले राष्ट्रिय पुँजी परिचालनमा जोड दिए ।

हुलाकी सडक निर्माणको प्रशंगमा उनले त्यो तत्कालका लागि सडक भनिए पनि त्यो भारतले आफ्नो भूमि डुवानबाट जोगाउनका लागि बनाउन लागेको ड्याम्प भएको दावी गरे । उनले हुलाकी सडकका विषयमा मोदी समक्ष केहि कुरा नराखेकै राम्रो हुने सुझाब समेत दिए ।

कार्यक्रममा बोल्दै तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रानी तिवारीले मधेस एरियामा भारतको सहयोग नभएको गुनासो गरीन् । उनले १७ बर्षपछि भारतका प्रधानमन्त्री नेपाल आउनु सुखद पक्ष रहेको बताउदै मोदीसमक्ष महिला नेतृहरुले पनि भेटघाट गर्न पाउनुपर्नेमा जोड दिइन् । सोही कार्यक्रममा मधेशी जनअधिकार फोरमका सचिव रत्नेश्वरलाल कायस्थले मोदी समक्ष हुलाकी सडक माग गर्न आवश्यक नभएको बताए ।

पाँच बर्षपछि हुलाकी सडक केहि कामको नहुने भएका कारण मोदीसँग केहि माग्ने भन्दा पनि भारत र नेपालको सम्बन्ध सुमधुर बनाउन शसक्त कदम चाल्नु पर्ने उनले बताए । सोही कार्यक्रममा कर्णाली जलाधार संरक्षण समाजका उपाध्यक्ष चक्रपाणी शर्माले मोदी समक्ष माथिल्लो कर्णाली जलविद्युत परियोजनालाई अघि सार्नु पर्ने बताउँदै चारहजार केवी उत्पादन हुने माथिल्लो कर्णालीलाई नौ सय उत्पादन हुने भनिएर जनतालाई गुम्राहमा राखिअएको बताए ।


  •  
  •  
  •