निजी क्षेत्रको लगानीविना आर्थिक विकास असम्भः देउवा

315
  •  
  •  
  •  

काठमाडौं, ६ साउन (ओएनएस) नेपाली कांग्रेसका बरिष्ठ नेता शेरवहादुर देउवाले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको वताएका छन् । उद्योगी व्यवसायीहरुको लगानीविना आर्थिक क्रान्ति असम्भव रहेको भन्दै देउवाले सरकारले निजी क्षेत्रको लगानीमा जोड दिनु पर्ने बताएका हुन् ।
तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विमल रिजालको नेतृत्वमा मंगलवार विहान देउवा निवास बुढानिलकण्ठ पुगेको उद्योगी व्यवसायीहरुको टोलीसँगको भेटमा देउवाले निजी क्षेत्रबाट मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने राम्रा काम भइरहेको भन्दै उद्योगी व्यवसायीलाई लगानीका लागि प्रोत्साहन गर्नु पर्ने वताए ।
देउवाले भने,‘निजी क्षेत्रको लगानीमा मुलुकमा थुप्रै उद्योग धन्दा खुलेका छन् । उद्योगधन्दा खुल्नु र निजी क्षेत्रको लगानी बढ्नु मुलुकका लागि राम्रो कुरा हो । यसमा सवैले सहयोग गर्नु पर्छ ।’
देउवाले उद्योगी व्यवसायीको लगानी विना मुलुक अगाडि बढ्न नसक्ने बताए । उनले बढ्दो लोडसेडिङका कारण उद्योगहरु बन्द हुने अवस्थामा पुगेको भन्दै त्यसको निराकणका लागि जलविद्युत क्षेत्रमा लगानी गर्न समेत उद्योगी व्यवसायीहरुलाई आग्रह गरे । देउवासँगको भेटमा तुलसीपुर उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डलले व्यवसायीका आम समस्याका बारेमा गम्भीर हुन आग्रह गरेको थियो ।
प्रतिनिधि मण्डलले दाङको समग्र विकासका लागि पहल गरिदिन देउवालाई आग्रह गरेको थियो । यस्तै दाङमा रहेको एकमात्र विमानस्थलमा नियमति उडान भराउनका लागि पहल गरिदिन देउवासँग आग्रह गरेको थियो ।


  •  
  •  
  •