सरकारकाे निर्णय अनुसार अर्थ मन्त्रालयमा दरबन्दी कटौती गरी अब १८६ कायम (विवरणसहित)

360
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : सरकारकाे निर्णय अनुसार अर्थ मन्त्रालयमा दरबन्दी कटौती गरी १८६ कर्मचारीकाे दरबन्दी कायम भएकाे छ। सरकारले अर्थ मन्त्रालयको नयाँ संगठन संरचना पारित गरेपछि उक्त दरबन्दी ताेकेकाे हाे । गत चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले संगठन संरचना पारित गरेको थियाे ।

यसअघि अर्थ मन्त्रालयमा २ सय ४० जनाको दरबन्दी थियो। नयाँ संरचना अनुसार मन्त्रालय अन्तर्गत सचिव र राजस्व सचिव गरी २ जना सचिव रहनेछन् भने ८ सहसचिव रहनेछन्। नयाँ संरचना अनुसार मन्त्रालमा ८ महाशाखा र ३२ शाखा रहनेछन्।

नयाँ संरचना अन्तर्गतका ८ महाशाखा
१. प्रशासन महाशाखा
२. अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा
३. बजेट तथा कार्यक्रम महाशाखा
४. कानुन तथा फैसला कार्यान्वयन महाशाखा
५. योजना, अनुगमन तथा मूल्यांकन महाशाखा
६. आर्थिक नीति विश्लेषण महाशाखा
७. वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा
८. राजस्व व्यवस्थापन महाशाखा

नयाँ संरचना अन्तर्गतका ३२ शाखा
१. कर्मचारी प्रशासन शाखा
२. आर्थिक प्रशासन शाखा
३. सूचना प्रविधि शाखा
४. सामाजिक विकास शाखा
५. आर्थिक क्षेत्र शाखा
६. संघीय मामिला र पर्यटन शाखा
७. भौतिक पूर्वाधार विकास शाखा
८. वन तथा वातावरण शाखा
९. कृषि तथा भूमि व्यवस्थापन शाखा
१०. आर्थिक विकास शाखा
११. पूर्वाधार विकास शाखा
१२. सामाजिक विकास शाखा
१३. शासकीय व्यवस्था शाखा
१४. कृषि, वन, वातावरण शाखा
१५. कानुन तथा फैसला कार्यानवयन शाखा
१६. केन्द्रीय बजेट व्यवस्थापन तथा सुरक्षा र परराष्ट्र शाखा
१७. अन्तरसरकारी वित्त हस्तान्तरण शाखा
१८. संवैधानिक निकाय शाखा
१९. बजेट अनुगमन शाखा
२०. योजना अनुगमन शाखा
२१. राजस्व अनुगमन शाखा
२२. आर्थिक विश्लेषण शाखा
२३. नीति अनुसन्धान शाखा
२४. सार्वजनिक ऋण व्यवस्थापन शाखा
२५. बैंकिङ शाखा
२६. बिमा तथा पुँजी बजार शाखा
२७. संस्थान विनिवेश शाखा
२८. संस्थान समन्वय शाखा
२९. भन्सार समन्वय तथा व्यापार सहजीकरण शाखा
३०. आन्तरिक राजस्व परिचालन शाखा
३१. गैरकर राजस्व व्यवस्थापन शाखा
३२. सूचना तथ्यांक तथा राजस्व बाँडफाँट शाखा

 

 


  •  
  •  
  •