लेष्टर बराबरीमा रोकिएपछि आर्सनललाई २ अंकको अग्रता

276
  •  
  •  
  •  

barclays premiere leagueकाठमाडौँ, १९ पुस(ओएनएस) : इङ्ग्लिस प्रिमियर लिगको गयराती सम्पन्न खेलमा आर्सनलले न्युकासललाई पराजित गर्दै अंकतालिकामा २ अंकको अग्रता कायम गरेको छ । गयराती सम्पन्न अर्को खेलमा लेष्टर सिटी बोर्नमाउथसँग बराबरीमा रोकिएपछि आर्सनलले २ अंकको अग्रता कायम गरेको हो । गएराती घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्युकासललाई १ गोलले पराजित गरेको हो । खेलको ७२ औं मिनेटमा लौरेन्ट कोसियाल्नीले गरेको गोल नै निर्णायक बन्न पुग्यो र अंकतालिकामा २ अंकको स्पष्ट अग्रता लिन सफल भयो।

यस्तै, लेष्टर सिटीले बोर्नमाउथसँग भएको खेलमा बराबरीमा रोकिएपछि अंक बाड्न पुग्यो । बोर्नमाउथसँग गोलरहित बराबरी खेल्दा आर्सनलसँगको दूरी २ अंकले बढाएको छ । १९ खेलबाट दुवै टोलीले ३९ अंक जोडेका थिए तर, २० औ खेलमा आर्सनलले ३ अंक थप गर्दै ४२ अंक पुर्‍यायो भने लेष्टर सिटीले बराबरी खेल्दै १ अंक जोडेर ४० अंकमा चित्त बुझायो ।

यसैगरी गयराती सम्पन्न अन्य खेलमा वेष्ट ह्याम युनाइटेडले लिभरपुललाई २-० गोलअन्तरले, म्यानचेष्टर युनाइटेडले स्वान्सी सिटीलाई २-१ गोलअन्तरले, सण्डरल्याण्डले एस्टन भिल्लालाई ३-१ गोलअन्तरले, नर्विच सिटीले साउथम्टनलाई १-० गोलअन्तरले, म्यानचेष्टर सिटीले वाटफोर्डलाई २-१ गोलअन्तरले, वेष्ट ब्रोमविचले २-१ गोलअन्तरले पराजित गर्दै खेलमा ३-३ अंक जोड्न सफल भएका छन् ।


  •  
  •  
  •